Tuesday, October 22सत्यम खबर
Shadow

डुडुवामा व्यक्तिगत घटना दर्ता गर्न शुरु

डुडुवा, १ पौष – बाँके डुडुवा गाउँपालिकाले व्यक्तिगत घटना दर्ताका लागि घरदैलो अभियान शुरु गरेको छ । गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट बञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घर घरमा पुगेर घटना दर्ताको विवरण संकलन शुरु गरिएको हो ।


नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तर्गत डुडुवा गाउँपालिकाद्धारा शुरु गरिएको व्यक्तिगत घटना दर्ता शिविरको वडा नंं २ मा आज गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभारम्भ गर्नुभयो ।
शुभारम्भ गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिकलाई सेवाबाट बञ्चित हुन नदिन र घरघरमा सेवा पुरयाउने लक्ष्य अनुसार घरदैलो अभियान शुरु गरिएको बताउनुभयो ।


उहाँले भन्नुभयो– ‘हाम्रो मधेशी समुदायमा अशिक्षाको कमी छ, काम लागेमा मात्र कागजात बनाउने परम्परा रहेको छ, त्यसको अन्त्य गरि समयमा घटना दर्ता गराउन सचेतना अभिबृद्धि गराउन घरदैलो अभियान शुरु गरेका छौ ।’ अध्यक्ष चौधरीले यो अभियानसंगै केही दिनभित्रै जग्गाको मालपोत कर पनि घरदैलो अभियानमार्फत संकलन गर्ने तयारी भईरहेको बताउनुभयो ।


शिविरमा गाउँपालिकाबाट वडा सचिवसहितको करिब ४२ जना जनशक्ति परिचालन गरिएको पालिकाका एमआई अपरेटर कौशलकुमार कैरातीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक घरमा पुगेर घटना दर्ताका लागि विवरण संकलन गरि प्रमाणपत्र तयार गरेर फेरी घरमै पुर्याइने छ ।
गाउँपालिकाको वडा नंं. १ देखि ६ सम्म करिब १० हजार घरधुरीमा घटना दर्ता अन्र्तगत जन्म, मृत्यु, विवाह र बसाई सराइ लगायतका घटना दर्ताका लागि विवरण संकलन गरिने वडासचिव शिवकुमार मौर्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *