Thursday, November 21सत्यम खबर
Shadow

पूर्वमन्त्री राईले चुनावी प्रतिबद्धता पूरा गरेकाे दाबी

नेपालगन्ज, ५ माघ – केही दिनदेखि विभिन्न सञ्चार माध्यममा क्षेत्र नं.२ मा के कति विकासका गतिविधि भएका छन् वा हुने वाला छ यस बारे चर्चा चलिरहेकाे बेला पुर्वमन्त्री माे. ईस्तियाक राईले यसबारे जानकारी गराएका छन् ।

पुर्वमन्त्री एवम् बाँके क्षेत्र नम्वर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मो. राइले निर्वाचन क्षेत्रमा थुप्रै विकास निर्माणका काम गरेर आफ्नो चुनावी प्रतिबद्धता पूरा गरेकाे दाबी गरेका छन् । शहरी विकासमन्त्री हुँदा अाफुले आफ्नो निर्वाचन क्षेत्रमा मात्र होइन बाँकेभरी थुप्रै विकास निर्माणका योजनाहरु ल्याएर यस क्षेत्रको विकास गरेकाे बताउँछन् ।

मेरै पहलमा फुसका छाना हटाउने कार्यक्रम देशभरी चर्चित रहेकाे स्मरण गर्दै बाँकेमा समेत ठूलो संख्यामा फुसका छाना विस्थापित भएकाे बताउनु भयाे । डुडुवा र नरैनापुरमा शहरी विकास मन्त्री हुँदा यो कार्यक्रमबाट सयौं फुसका छाना विस्थापित गराएर टिन लगाइएको जानकारी गराउनुभयाे । करिव २ हजार घरका फुस छाना हटाएर टिन लगाइएको पुर्वमन्त्री राई बताउँछन् ।

निर्वाचन अघि त्यस क्षेत्रमा गर्मीयाममा प्रायः अागाे लाग्ने, सर्वसाधारणहरूकाे उठिबास हुने भएकै कारण अाफूले स्थानिय बासिन्दाहरूकाे पीडालाई बाेध गरि फुसकाे छाना हटाउने याेजना ल्याएकाे बताउँदै पुर्वमन्त्री राईले अति विपन्न गरिबीकाे रेखामुनी रहेका सर्वसाधारणहरूकाे मुखारमा खुशी प्रदान गरेकाे बताउँछन् ।

मेराे कार्यकालमा थुप्रै बिकास निर्माणका कामहरु भएका छन् । केही सञ्चालन भई सम्पन्न भईसकेका छन भने केही योजनाहरु सञ्चालनमा रहेकाे बताउँदै थप केही योजनाहरु टेण्डर प्रक्रियामा रहेकाे बताउनु भयाे । ति थुप्रै बिकास निर्माणका योजनाहरु मध्ये खास गरेर डुडुवा गाउँपालिकासंगै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा समेत लागू गरिएकाेले हाल पनि यश बारे चर्चा हुने गरेकाे बताउनुभयाे ।

प्राय नेताहरुले चुनावमा भोट माग्दा विकास निर्माणका लोभ देखाउने जितेर गएपछि फर्किएर नआउने गर्छन् । तर अाफु सधै जनताको साथमा रहने बताउँदै पुर्वमन्त्री राईले जनतासँग गरेकाे वाँचा पूरा गरेकाे बताउनुभयाे । मेरै पहलमा भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयबाट तराई मधेश सडक पुर्वाधार बिशेष कार्यक्रम अन्तर्गत बनकट्टी, बाबुपुर्वा, बिर्ता रोड हुँदै लालापुर्वा, मोहनपुर, उधमगंज, भवानियापुर जोडने सडक निर्माण भइरहेको बताउनुभयाे ।

शहरी बिकास मन्त्री हुँदै कालो पत्रे सडकका लागि ३० करोडको टेण्डर गरिएको र अब टेण्डर प्रक्रिया समाप्त भई निर्माण प्रक्रियामा जाने हुलाकी राजमार्गदेखि भित्र उंचे मसहा, बनकट्टी, हलबलडोली हुँदै जाफरपुर्वा तथा शाहपुर्वादेखि गडारियनपुर्वा र बेतहनी चौकदेखि बेतहनीगाउँ हुँदै पिप्रहवासम्म छिट्टै निर्माण प्रक्रिया शुरु हुने जानकारी पूर्वमन्त्री राइले गराउनुभयाे । यी उपरोक्त बिकास निर्माणका अलावा सुरक्षित आवास जनता आवास बाढीपिडितका लागि सेल्टर लगायतका त्यस्ता कैयों योजनाहरु सञ्चालन भई सम्पन्न भईसकेका तथा केही टेण्डर केही निर्माण प्रक्रियामा रहेका जानकारी गराउनु भयाे ।

यस्तै बनकट्टी चोकदेखि बनकट्टी बनकटवा हुँदै रमपुर्वाको झोलुंगे पुलसम्म सडकको निर्माण कार्य भइरहेको स्थानीय बाबुलाल यादवले बताउँछन् । जसपाका नगर अध्यक्ष श्रवणकुमार यादवका अनुसार एक सांसदलाई एउटा रणनितिक शहर मांग गरिए अनुसार बहुबर्षिय योजना अन्तर्गत डुडुवा २ को गन्धैली नाला हुँदै बेतहनी अमृतपुर्वा, कैरातीपुर्वा, कोल्ही, रमपुर्वा, राजारामपुर्वा, मिलन चोक हुँदै राँझासम्म नेपालगन्ज सिमाना जोडने सडक निर्माण भएको बताउनुभयाे ।

यस्तै स्थानीय पुर्वाधार बिकास मन्त्रालय अन्तर्गत स्थानीय सडक पुल मांग गरिएकोमा २ ओटा पुल सिफारिश हुँदा एउटा बांडी अमृतपुर्वामा निर्माण भईरहेको एउटा लालापुर्वा र सैरही माता मन्दिरको बीचमा रहेको डुडुवा खोलामा यो बर्ष निर्माण शुरु हुने अध्यक्ष यादवले जानकारी गराउनुभयो ।

यो दुई आर्थिक वर्षमा करिव डेढ करोड रकम फ्रिज भएको छ । विभिन्न मठमन्दिर, विद्यालय, मदरसा र मजारको रकम फ्रिज भएको हो। मजार मदरसा सौन्दर्य करणका लागि विनियोजन भएको रकम फ्रिज भएको अध्यक्ष यादवको भनाइ छ । बालसुधार गृहको ५० लाख रकम पनि फ्रिज भएको छ । कोभिड महामारीमा पनि पूर्वमन्त्री राईले ठूलो सहयोग गरेका छन् । उनले कोभिड रोकथाम, नियन्त्रण र निदानका लागि व्यक्तिगत पहलमा ६० लाख रुपैयाँ खर्चिएका छन् । राहत वितरणदेखि सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका थुप्रै सामाग्री प्रदान गरेकाे अध्यक्ष यादवले जानकारी गराउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *