‘दाता’ को भ्रम र ‘उल्टो सहयोग’ को यथार्थ: नेपाल कसको ऋणी ?
सुनिल बाबु पन्त
मितिः २०८२ पौष २३ गते, बुधबार
नेपालको विकास बहस सधैँ एउटा बिन्दुमा ठोक्किन्छ— 'वैदेशिक सहायता'। हामीलाई दशकौँदेखि एउटै भाष्य सिकाइएको छ: पश्चिमा शक्तिहरू र ठूला अर्थतन्त्र भएका देशहरू हाम्रा 'दाता' हुन्, उनीहरूले दिएको अनुदान र ऋणले हाम्रो देश चलिरहेको छ। तर, के यो सम्बन्ध साँच्चै एकतर्फी परोपकार हो? तथ्याङ्कको गहिराइमा पस्ने हो भने दृश्य अर्कै देखिन्छ। नेपालले जति सहायता प्राप्त गर्छ, त्यसको तुलनामा भिसा शुल्क, महँगो शिक्षा र 'बौद्धिक पलायन' (Brain Drain) मार्फत नेपालले ती देशहरूलाई गर्ने 'उल्टो सहयोग' कयौँ गुणा बढी छ।
१. सहायताको आवरणमा ऋणको व्यापार,
नेपालले वार्षिक करिब १ अर्ब अमेरिकी डलरको विकास सहायता (ODA) प्राप्त गर्छ। तर, यसको आधाभन्दा बढी हिस्सा ऋण हो। यो त्यस्तो ऋण हो, जसले नेपालको सार्वजनिक ऋणको भार मात्र बढाउँदैन, बरु हाम्रा राष्ट्रिय नीतिहरूमा दाताका सर्त...








