
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
रमेश कुमार बोहोरा
मिति : २०८२ बैशाख २१ गते, आईतबार
सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मान्यता दिएको थियो । तबदेखि हरेक वर्ष यो दिन विश्वभरका पत्रकार, मिडिया संस्था, अधिकारकर्मी र नीतिनिर्माताहरूको साझा चासोको विषय बन्छ—प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन । सन् २०२५ को नाराले यस वर्षको अन्तर्राष्ट्रिय पत्रकारिताको यथार्थलाई प्रतिविम्बित गरेको छ ।
नयाँ साहसी संसारमा रिपोर्टिङ – प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रभाव
यो नारा केवल प्रविधिको विकासको चित्रण मात्र होइन, पत्रकारिता क्षेत्रभित्र फैलिएको अनिश्चितता, चुनौती र सम्भावनाको सङ्केत पनि हो । आजको पत्रकारितामा पुराना चुनौतीहरू अझ गहिरिँदै छन्—प्रेसमाथि राज्यको नियन्त्रण, सेन्सरसिप, पत्रकारमाथिका आक्रमण, र सत्य रिपोर्टिङ गर्नेहरूलाई कारवाही । यससँगै, नया...