Thursday, May 28सत्यम खबर
Shadow

अपडेट : बाँकेमा ७ महिलासहित २६ जना संक्रमित

नेपालगन्ज, ९ मंसिर – मंगलबार बाँकेमा ७ महिलासहित २६ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
जिल्लाका तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जनाउनु भएको छ ।
फोकल पर्सनका अनुसार मंगलबार बाँके कै प्रयोगशालामा गरिएको परिक्षणमा अन्य जिल्लाका १३ जनामा समेत संक्रमण देखिएको छ ।


फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेका ल्याबहरुमा गरिएको परिक्षणमा जिल्ला भित्रका २६ र जिल्ला बाहिरका १३ गरी जम्मा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार आज भेरी अस्पतालको ल्याबबाट ७, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट १५ र बागेश्वरी ल्याबबाट ४ गरी जम्मा २६ जना कोरोना गरि संक्रमण पुष्टि भएको बताउनुभयो ।


योसँगै बाँकेमा हालसम्म ३ हजार ७ सय ७३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
यसअघि आजै कोरोना संक्रमणमुक्त हुँदै बाँकेबाट २८ जना डिस्चार्ज भएका थिए ।
बिभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका १३ महिला र १५ पुरुषलाई मंगलबार बिहान डिस्चार्ज गरिएको बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी गराउनु भएको छ ।
बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ५ सय ५८ पुगेको छ भने हाल विभिन्न आईसोलुसनमा १ सय ७७ जना कोरोना संक्रमितहरु उपचार रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *