Thursday, May 28सत्यम खबर
Shadow

संयोजक उपाध्यायद्वारा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रलाई कपडा सहयोग

नेपालगन्ज, ९ मंसिर – कोहीलाई समस्या नहोस्, कोही पनि बेवारिसे अवस्थामा बस्न नपरोस् भनी केही उपकारी मनहरुमार्फत नेपालगन्ज उपमहानगरपालिका वडा नं. (१८ कारकाँदो भुजइगाउँमा मंसिर ७ गते बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको थियो ।


सोही बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रलाई जाजरकोटको जुनिचादेसम गाउँपालिका निवासी तथा स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बाँके जिल्ला समिति संयोजक कृष्णप्रसाद उपाध्यायद्वारा जोडो मौसममा बेवारिसे बा–आमाहरुलाई आवश्यक पर्ने केही थान कपडा सेट हस्तान्तरण गरिएको छ ।
सहयोग गर्ने क्रममा संयोजक उपाध्यायले “सहयोगी मनहरुले उक्त आश्रमलाई आवश्यक आर्थिक सहयोग वा अन्य सामाग्रीहरु सहयोग गर्न इच्छुक हुनुहुन्छ भने ९८६४९०५१३० भूपेन्द्र बस्नेत, ९८४९३५९२८४ पूजा विश्वकर्मा र स्वयं मलाई ९८६६७६९२६५ मा सम्पर्क गर्न सक्नु हुन्छ” भनी आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *