Thursday, May 28सत्यम खबर
Shadow

अपडेटः थप एक जना ७८ वर्षिय कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, ९ मंसिर – नौबाहिनी गाउँपालिका–६ प्यूठान निवासी संक्रमित उपचारका लागि कोहलपुर आएका एक ७८ वर्षिय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका नौबाहिनी गाउँपालिका ६, प्यूठानका ७८ वर्षिय पुरुषको उपचार कै क्रममा मंगलबार बिहान ९ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।


कार्तिक १० गते मेडिकल कलेज नेपालगन्ज अस्पतालमा भर्ना भएका ७८ वर्षिय पुरुषलाई मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि अस्पताल मै रहेको कोरोना विशेष वार्डमा राखेर रोगको प्रकृति अनुसार सबै उपचार बिधि अपनाईएको भएपनि ज्यान जोगाउन भने नसकिएको अस्पताललाई उदृध गर्दै फोकल पर्सन श्रेष्ठले बताउनुभयो । उनको मंगलबार बिहान ९ बजे निधन भएको हो ।
योसँगै उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएर ज्यान गुमाउने कोरोना संक्रमतिको संख्या ४८ पुगेको जारी प्रेस नोटमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *