Friday, March 13सत्यम खबर
Shadow

प्रदेश २

रेश साना किसान सहकारीका सदस्यलाई सहकारी सचेतना

रेश साना किसान सहकारीका सदस्यलाई सहकारी सचेतना

प्रदेश २, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
बागलुङ, २२ फागुन – रेश साना किसान सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नं. ७ को आयोजनामा संस्थाका शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा कार्यक्रम शुक्रवार सम्पन्न भएको थियो ।सहकारीका सदस्यहरुलाई उनीहरुको काम कर्तव्य अधिकारका बारेमा जानकारी गराउनुका साथै सदस्यहरुलाई संस्थाप्रति उत्तरदायी बनाउनका लागि तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारीको सफलताका लागि शेयर सदस्यहरुको सक्रिय सहभागितामा जोड दिनुभयो ।सदस्यहरु नै सहकारीका मालिक भएकाले उनीहरुलाई बढीभन्दा बढी सहकारीसँग सम्बन्धित बनाउने, उनीहरुलाई संस्थाले सञ्चालन गरेका सबै कार्यक्रममा सहभागी बनाउने योजना आवश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रममा काठेखोला वडा नं. ७ का वडा सदस्य मु...
सहकारीको प्रवद्र्धन तालिम सम्पन्न

सहकारीको प्रवद्र्धन तालिम सम्पन्न

प्रदेश २, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
बागलुङ, २० फागुन – काठेखोला गाउँपालिकाले आयोजना गरेको ४ दिने सहकारी तथा कोपोमिस सम्बन्धी सचेतना तालिम बुधवारदेखि सम्पन्न भएको छ । पालिका भित्र रहेका सहकारीहरुलाई सहकारी ऐन नियम, कोपोमिस लगायतका विषयमा जानकारी गराई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पु¥याउने उदेश्यका साथ तालिमको आयोजना गरिएको थियो । तालिम समापनका अवसरमा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमार्फत सदस्यको आर्थिक तथा सामाजिक स्तर माथि उठाउनका लागि सहकारीको मर्म र भावना अनुसार काम गर्नु पर्नेमा जोड दिनुभयो ।सहकारीलाई सदस्य केन्द्रीत बनाउन तथा आम समुदायलाई सहकारीमा आवद्ध गराउनका लागि सहकारी सम्बन्धी गतिविधिलाई व्यापक बनाउनु पर्नेमा उहाँको जोड थियो । सहकारीप्रति आम समुदायको धारणामा परिवर्तन ल्याउन सहकारीका सकारात्मक विषयहरु सार्वजनिक गर्ने, सहकारी दिवस गाउँ गाउँमा मनाएर सन्देश प्रवाह गर्ने काममा ...
शुक्लागण्डकी नगरपालिकामा सहकारीमा सुशासन गोष्ठी

शुक्लागण्डकी नगरपालिकामा सहकारीमा सुशासन गोष्ठी

आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार
तनहुँ, १९ फागुन – तनहुँको शुक्लागण्डकी नगरपालिका भित्रका सहकारीकर्मीहरुलाई सहकारी सुशासन सम्बन्धमा जानकारी दिने उद्देश्यका साथ एक दिने सहकारीमा सुशासन सम्बन्धी गाष्ठी मंगलवार सम्पन्न भएको छ ।सहकारी रजिष्टूार कार्यालय पोखरा, शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय सहकारी बैंक दमौली शाखाको संयुक्त आयोजनामा तनहुँको दुलेगौडामा आयोजित कार्यक्रमका सहकारीको योगदान बढाउनका लागि सुशासन निर्माणमा जोड दिएका हुन् । सहकारीलाई सुशासनयुक्त बनाउनका लागि सहकारी ऐन, नियमावली, विनियम र कार्यविधिका आधारमा सहकारीहरु सञ्चालन गर्ने, सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरी सहकारीको मूल्य मान्यता र आदर्शका आधारमा काम गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।कार्यक्रममा गण्डकी प्रदेश सहकारी रजिष्टूार कार्यालयका रजिष्टूार उदय बहादुर पराजुलीले सहकारीमार्फत जनताको आर्थिक, सामाजिक जीवनस्तर थप प्...
१४ वर्ष लोकतन्त्रका लागि जेल बसेका हुन् कि एकतन्त्रका लागि ? : पूर्वराष्ट्रपति

१४ वर्ष लोकतन्त्रका लागि जेल बसेका हुन् कि एकतन्त्रका लागि ? : पूर्वराष्ट्रपति

प्रदेश २, राजनीति, समाचार
जनकपुरधाम, ७ फागुन – पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र माथि ग्रहण लागेको टिप्पणी गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र बिपी विचार संग्रह दुई पुस्तकको विमोचन गर्दै पूर्वराष्ट्रपति डा. यादवले उक्त टिप्पणी गरेका हुन् ।उनले १४ वर्ष लोकतन्त्रका लागि जेल बसेको धाक देखाउने प्रधानमन्त्री स्वयं लोकतन्त्रलाई संकटमा पार्न उद्दत रहेको आरोप समेत लगाए ।‘१४ वर्ष लोकतन्त्रका लागि जेल बसेका हुन् कि एकतन्त्रका लागि ?,’ उनले भने, ‘प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गर्ने कदमको साक्षी राष्ट्रपति स्वयं बन्नु सरासर गलत हो क।’उनले वर्तमान राष्ट्रपति आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप समेत लगाए । ‘सम्माननीय राष्ट्रपतिजी दलको नेतृ होइन, प्रधानमन्त्रीले सिफारिस गर्दा उनले कुलिङ पिरियड लिन सक्नु पर्थ्यो, वि...
कृषिको व्यवसायिकीकरणका लागि सहकारी उयपुक्त माध्यम : जिसी

कृषिको व्यवसायिकीकरणका लागि सहकारी उयपुक्त माध्यम : जिसी

आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, २९ पौष – राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि सहकारी उपयुक्त माध्यम भएको बताउनु भएको छ ।बागलुङ नगरपालिका वडा नं. ८ सिगानास्थित श्री गणेश व्यवसायिक कृषि सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभाको बुधवार उद्घाटन पछि उहा“ले यस्तो बताउनु भएको हो ।सहकारीमार्फत कृषकहरुलाई कृषि समन्धी ज्ञान उपलब्ध गराई सदस्यहरुलाई उत्पादनमा केन्द्रीत गराउने र उनीहरुले उत्पादन गरेको वस्तुलाई संकलन र बजारीकरणको काम सहकारी गर्नु पर्नेमा उहाँको जोड थियो । व्यक्तिगत उत्पादन र सामुहिक व्यवस्थापनका लागि सहकारी उपयुक्त माध्यम भएको उहाँको भनाइ थियो । कृषि उत्पादन बढाउनका लागि आवश्यक स्रोतको व्यवस्थापन सहकारीले गरिदिएर कृषकलाई निर्धक्क उत्पादनमा लगाउने र संकलन र बजारीकरणको व्यवस्थापन स्थानीय सरकार र सहकारीले गर्नु पर्ने उहाँको भनाइ थियो ।क...
‘प्रधानमन्त्री ओलीले निरंकुशता लाद्छन्’– उपेन्द्र यादव

‘प्रधानमन्त्री ओलीले निरंकुशता लाद्छन्’– उपेन्द्र यादव

प्रदेश २, राजनीति, समाचार
विराटनगर, २६ पौष – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नलाई संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको आरोप लगाएका छन् ।जसपाले शनिबार विराटनगरमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैन । यो निर्वाचनका लागि होइन, तानाशाही, सर्वसत्तावाद र निरंकुशता लाद्न घोषणा गरिएको हो ।’ फाईल फोटो उनले ओली र उनका सहयोगीले चुनाव नगराउने पनि ठोकुवा गरेका छन् ।‘संसद विघटन हुनेबित्ति कै सरकार कामचलाउ बन्छ’, उनले भने ‘तर, त्यही काम चलाउ हैसियतको सरकार धमाधम मन्त्री थप्छ । यति अनैतिक र असंवैधानिक काम गर्नेले चुनाव गराउनेभन्दा कसैले पत्याउँदैन’, उनले भने ‘ओली अहिले प्रवृत्ति र चरित्रको रूपमा देखा परेको छ । यसको विरोध हुनुपर्छ ।’संसद विघटनको कदम खारेजीको माग गर्...
किसानको बक्यौता रकम नतिरेको आरोपमा मनोज अग्रवाल पक्राउ

किसानको बक्यौता रकम नतिरेको आरोपमा मनोज अग्रवाल पक्राउ

आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ पौष – लुम्बिनी चिनी उद्योग प्रा.लिका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले बतायो । किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो । उक्त निर्देशनपश्चात मनोज फरार थिए । उक्त चिनी मिल सुशिला गोयलको नाममा छ । तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको थियो । ‘तर मिल पूर्ण रूपमा उसको (मनोज) नाममा आइसकेको छैन’, स्रोतले भन्यो ।यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो । उखु किसानलाई उक्त चिनी मिलले १६र १७ करोड तिर्न बाँकी छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।१ वर्षअघिको सम्झौता कार्यान्वय नभएको भन्दै गत मंसिर २८ गते...
शीतलहर छल्न परालको सहारा

शीतलहर छल्न परालको सहारा

प्रदेश २, मौसम, समाचार, समाज
सीतापुर (सिरहा), ५ पौष – परालले छाएको सानो छाप्रो । एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना । त्यसमाथि पातलो सुकुल ओछ्याइको छ । नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ । यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानको ओछ्यान हो। गत वर्ष शीतलहरमा यस्तै ओछ्यानमा कठ्यांग्रिएर उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो । यसपटकको शीतलहर कसरी कटाउने चिन्ताले उनलाई सताएको छन् ।सुकुमबासी परमेश्वरसँग एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ । उनका लागि जाडोको सहारा घुर हो । तीन दिनदेखि चलेको शीतलहरका कारण परमेश्वरसँगै सुकुमबासी बस्तीका अन्य पनि आत्तिएका छन् । ऐलानी जग्गामा फुसको छाप्रो बनाएर परमेश्वरको परिवार बस्दै आएको छ। जेनतेन ओत लाग्ने ठाउँमा घुर बालेर जाडो छल्दै आएका उनलाई शीतलहरले निकै अत्याएको छ । उनले ...
२२ वर्षकै उमेरमा चम्ल्याहा बच्चा

२२ वर्षकै उमेरमा चम्ल्याहा बच्चा

प्रदेश २, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जनकपुर, १७ भाद्र –जनकपुरमा एक २२ वर्षीया महिलाले एकैपटक चम्ल्याहा बच्चा जन्माएकी छन् । मंगलबार साँझ धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले चार शिशुलाई जन्म दिएकी हुन् । प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन् । अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ती शिशुमा तीन छोरी र एक छोरा छन् ।शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ । तीन बच्चाको स्वास्थ्य अवस्था सामान्य रहे पनि एक जनाको अवस्था भने अस्थिर देखिएको छ ।चम्ल्याहा बच्चाको जन्म दिएकी अरमानाको अवस्था भने गम्भीर रहेको छ । उनको फोक्सोमा पानी तथा रगत जमेर पलमन्ड्री एडिमा देखिएकोले भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणक...
वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

प्रदेश २, शिक्षा/स्वास्थ्य, समाचार, समाज
वीरगन्ज, १३ भाद्र – वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो । यस्तै वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको डा. चौरसियाले बताए ।उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो । ती पुरुष एचआइभी संक्रमित पनि रहेको अस्पतालले जनाएको छ ।यस्तै शुक्रबार राती नै अर्का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयरबाट रिफर भएर काठमाडौं लाने क्रममा उनको बाटो मै मृत्यु भएको हो ।परिवारले पुरुषको मुग्लिङ नपुग्दै मृत्यु भएको अस्पताललाई जानकारी गराएका छन् । मृतक तीन जना कै शव नेपाली स...