चिनमा उईगरमुस्लिम माथी बर्बरता , किन मौन छन ईस्लामिक रास्ट्र
नेपालगन्ज, (डेस्क) ३१ भाद्र – चीनको एक प्रमुख क्षेत्र आर्थिक विकासको हिस्सा मानिएको सिन्जियाङ क्षेत्रका व्यवसायीहरुलाई नजरबन्दमा राखिएको वाल स्ट्रिट जर्नलले जनाएको छ । सन् २०१८ को गर्मी मौसममा एक उइघुर व्यापारी, सादिर अली उच्च आत्मबलका साथ अघि बढिरहेका थिए । उनको व्यवसाय नाफामा गइरहेको थियो ।
उनले अमेरिकाको मासाचुसेट्समा छोरीका लागि घर खरिद गर्ने योजना बनाएका थिए । उनी अमेरिका प्रस्थान गर्नुअघि नै उनलाई पृथकवादी भएको आरोप लगाइयो । अलीलाई नियन्त्रणमा लिएर उत्तर पश्चिमी सिन्जियाङ क्षेत्रमा चीनको जेल प्रणाली को ब्ल्याक बक्समा नजरबन्दमा राखियो ।
उनलाई नजरबन्दमा राखेपछि उनको व्यापार चौपट भयो । उनकी श्रीमती मारिया मोहम्मदले आफ्नो श्रीमान कुनै राजनीतिमा संलग्न नभएको बताइन् । तर, पृथकतावादी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै उनलाई नियन्त्रणमा लिएर नजरबन्दमा राखिएको थियो ।
मारियाका अनु...









