Tuesday, April 21सत्यम खबर
Shadow

प्रदेशसभा सदस्यसँग अधिकांशको माग कालोपत्रे सडक

नेपालगन्ज ३ पौष – बाँके क्षेत्र नम्बर ३(१) का अधिकांश बासिन्दाले सडक लगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिएर योजना माग गरेका छन् ।
एक बर्ष कार्यअवधीको समीक्षा हुने गरी लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीको उपस्थितीमा नेकपा एमालेले सञ्चालन गरेको जनतासँग प्रदेशसभा सदस्य कार्यक्रममा सहभागी स्थानीय बासिन्दा मध्ये अधिकांशले घर नजिकका सडक कालोपत्रे गर्न माग गरेका हुन् ।
प्रदेशसभा सभा सदस्य खत्रीका अनुसार सडक कालोपत्रे सहित विद्यालय भवन निर्माण, तटबन्धन निर्माण लगायतका विषयमा पनि स्थानीयबाट माग भएको छ । एमालेले प्रदेशसभा सदस्य खत्रीको उपस्थितीमा निर्वाचन क्षेत्र अन्तर्गतका १२ वडाका ५० बढि टोलमा जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम गरेको छ ।


खजुरा ७ सोनपुरका युनुस खानले विकास निर्माणका योजनामा केन्द्रीत भई प्रदेशसभा सदस्य जनतामाझ पुग्नु आफुहरुका लागि नौलो विषय भएको बताउनुभयो ।
उहाँले प्रदेशसभा सदस्यले जनताको मागको आधारमा काम गर्न खोज्नु सकारात्मक भएको बताउनुभयो ।
एमालेका केन्द्रीय सदस्य सुर्य ढकाल, शान्ति ढकाल, केन्द्रीय सल्लाहकार दलबहादुर सुनार, प्रदेश कमिटी सदस्य घननाथ खनाल, मानबहादुर रुचाल, नन्द बिश्वकर्मा करिम खान, नेताहरु डिल्ली बिसी, भिम वली, इन्द्रबहादुर थापा, गेहेन्द्र धिताल लगायतको सहभागितामा एमालेले आम जनतासँग टोलमा अन्तरक्रिया गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *