राम मन्दिरकाे चन्दा संकलन ५५०० करोड पुग्याे, सबैभन्दा बढी दिने गुजराती
काठमाण्डौ, २८ पौष – अयोध्यामा राम मन्दिर निर्माणको तयारी भइरहेको छ । भव्य राम मन्दिरको उद्घाटन जनवरी २२ मा हुनेछ र सोही दिन गर्भगृहमा रामललाको विराजमान हुनेछ ।
रामभक्तहरूको चन्दामा अयोध्यामा भगवान रामको भव्य मन्दिर निर्माण भइरहेको छ र पहिलो तल्ला पूर्ण रूपमा तयार छ, जसमा रामललाको मूर्ति स्थापना गरिनेछ।
अहिलेसम्म श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले राम मन्दिरका लागि ५५०० करोडभन्दा बढीको चन्दा प्राप्त गरिसकेको छ र यस मामिलामा गुजरातीहरू सबैभन्दा अगाडि छन्। राम मन्दिरका लागि सबैभन्दा बढी चन्दा दिने गुजरातका दुई जना छन् ।
राम मन्दिरका लागि सबैभन्दा बढी चन्दा दिनेको सूचीमा मोरारी बापुको नाम शीर्ष स्थानमा छ । गुजरातबाट आएका मोरारी बापुले राम मन्दिरका लागि अहिलेसम्मकै सबैभन्दा बढी चन्दा दिएका छन् । श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको वेबसाइटमा दिइएको जानकारी अनुसार मोरारी बाप...









