Saturday, April 18सत्यम खबर
Shadow

नवलपरासी प्रहरीद्वारा कपडा बरामद

संजय कुशवाहा
नवलपरासी २६ पौष – पश्चिम नवलपरासी प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई राखेको कपडा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्हिनन्दन गाउँपालिका वडा नं. ०१ बड्की सुनरी स्थित भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याई लुकाई छिपाई गरी राखेको अवस्थामा रहेको सुट १०० पिस , लेङ्गा ३ पिस, सल २ पिस, बलाउज ४ पिस, लुङ्गी ३७ पिस, लेडिज ज्याकेट ३ पिस र साडी ४ पिस लुकाई राखेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

उक्त नियन्त्रणमा लिएको कपडाको मुल्य २ लाख ६ हजार ६ सय बराबरको रहेको छ भने बरामद लिएको कपडा आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *