Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

चिनियाँ टोलीको गतिविधि पारदर्शी गर्न माग राख्दा पक्राउ परेका यादव रिहा, समर्थकले लगाए चिनियाँ विस्तारवादको नारा

चिनियाँ टोलीको गतिविधि पारदर्शी गर्न माग राख्दा पक्राउ परेका यादव रिहा, समर्थकले लगाए चिनियाँ विस्तारवादको नारा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ३ असोज – राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव रिहा हुने वितिक्कै चिनियाँ विस्तारवादको नारा लागेको छ।अभियानका अभियन्ताहरूले चिनियाँ विस्तारवाद मुर्दावाद भन्दै नारा लगाएका छन् । अध्यक्ष यादवले नेपालमा चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुसहितको जम्बो टोली आएर यहाँ चिनियाँ विस्तारवाद लाद्न खोजेको बताए । उनले आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमणमा आएर प्रधानमन्त्रीदेखि वरिष्ठ नेताहरूसँग गोप्य भेटघाट गर्नु संशयपुर्ण रहेको बताए । उनले भने , ‘गएको २०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाबमुलुक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैँमा संशयपुर्ण हो।’ शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट बारा घर भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।...
अमेरिकाले कृषि व्यवसायमा चिनियाँ लगानीमा प्रतिबन्ध लगाउने

अमेरिकाले कृषि व्यवसायमा चिनियाँ लगानीमा प्रतिबन्ध लगाउने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
वाशिंगटन, ३ असोज – एउटा चिनियाँ कम्पनी फुफेङ समूहले उत्तरी डकोटाको वायुसेना आधार नजिकैको जग्गा खरिद गरेपछि खतरा बढेको भन्दै अमेरिकी सिनेटरले बुधबार सिनेटमा चीनलाई लगानी, खरिद वा अन्यथा जग्गा अधिग्रहण गर्नबाट “कालो सूचीमा” गर्न कानून पेश गरेका हुन् । दक्षिण डकोटाका रिपब्लिकन सेनेटर माइक राउन्ड्सले “अमेरिकी खेतीयोग्य जमिनको सुरक्षा हाम्रो राष्ट्रिय सुरक्षा कायम राख्न महत्त्वपूर्ण छ , एक चिनियाँ कम्पनीले भर्खरै नर्थ डकोटामा एयर फोर्स बेस नजिकैको खेतीयोग्य जमिन खरिद गर्दा म चिन्तित छु ” भनेका थिए । विशेष गरी, यो नयाँ कानूनले रसिया, इरान र उत्तर कोरियालाई अमेरिकी कृषि व्यवसायमा लगानीबाट कालोसूचीमा राख्ने छ, सिनेटर राउन्ड्सले आफ्नो साइटमा लेखेका छन् । एक चीनमा आधारित कम्पनी फुफेङ समूहले ग्रान्ड फोर्क्स, नर्थ डकोटा नजिकै को ३०० एकड खेत जग्गा खरिद गरेको हो । यो क्षेत्र क्यानाडाको सीमाबाट...
नेपाल–चीन सीमामा सामान अड्किएपछि नेपाली व्यापारी निराश

नेपाल–चीन सीमामा सामान अड्किएपछि नेपाली व्यापारी निराश

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ असोज – न्यूरोडका असल व्यापारीको छवि बनाएका स्वेत बराहा इन्टरप्राइजेजका सञ्चालक सुदर्शन घिमिरेले आत्महत्याको बाटो रोजेका छन् । उनले २०७९ भदौ ६ गते आत्महत्या गरे। त्यसैगरी नेपाली बजारमा चिनियाँ सामान आयात र आपूर्तिमा संलग्न सिन्धुपाल्चोकका युवा उद्यमी हरेराम पौडेलले नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएपछि निराश भएर २०७७ असोज २७ गते आत्महत्या गरेका थिए । यी दुबै व्यवसायी धेरै वर्षदेखि व्यवसायमा थिए र कोरोनाभाइरस महामारीको प्रकोप अघि राम्रो कमाई गरिरहेका थिए। तर ती उद्यमीहरू चिनियाँ नाकावन्दीका दोहोरो जालमा परे। एकातिर उनीहरूका सामानहरू धेरै महिनादेखि सीमानामा परेका थिए । अर्कोतिए उनीहरूमाथि ठूलो मात्रामा ऋण थियो। एकातिर उनीहरू आर्थिक संकटबाट गुज्रिरहेका थिए भने अर्कोतिर बैंक तथा अन्य साहुले नियमित रूपमा किस्ता वा बक्यौता भुक्तानीको माग गरिरहेका थिए । आफ्नो साम...
चिनियाँ नाका बाट नुन समेत ल्याउन पाईदैन

चिनियाँ नाका बाट नुन समेत ल्याउन पाईदैन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ असोज – फक्ताङलुङ–७ ओलाङचुङगोलाका नुपु शेर्पा याकचौंरी व्यवसाय गर्थे । साना किनेर बयस्क बनाउदै भारी बोकाउने र बेच्ने व्यवसाय राम्रै चलिरहेको थियो । एउटै याकको मूल्य ८० हजारदेखि एक लाखसम्म पुग्दा उनी व्यवसायमा मस्त थिए । तर, कोरोना संक्रमण लगत्तै बन्द भएको चिनियाँ नाका अहिलेसम्म नखुल्दा उनको व्यवसाय चौपट भएको छ । याकलाई खुवाउने नुनसमेत ल्याउन नपाउँदा उनलाई झनै समस्या भएको छ । गलैंचा बुनेर बिक्री गर्ने यहाँकी याङगी शेर्पाका पनि हात सुस्ताउन थालेका छन् । दिनहुँ तानमा बसेर ओलाङचुङगोला, ताप्लेजुङ, तिब्बत जस्ता नाम लेखेर एकरङ्गे र बहुरंगी बुन्ने उनलाई गलैंचाको खातले अत्याइरहन्छ । सादा, भगवान् बुद्धको तस्बिर, विभिन्न जनावरका चित्र अंकित गलैंचा कोठामा थन्किएका छन् । घरको तलामा एकमाथि अर्को बेरेर राखेका गलैंचा मुसाले काट्ने र चिसोले बिग्रिने डर भइरहन्छ । उनी तानमा बस्नुपर्ने समयम...
इप्रकाको सफलता २.७ के.जी. चरेससहित दुई जना पक्राउ

इप्रकाको सफलता २.७ के.जी. चरेससहित दुई जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, २ असोज - इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले २.७ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगर स्थित जामिया सोजुलुल रहमानी कम्प्लेक्सबाट विशेष सुचनाको अधारमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगर पालिका ९ पर्सैनीका बर्ष १८ की मन्जु चौधरी र दाङ जिल्लाको अमउवा गाउँपालिका वडा नं. २ बस्ने ३१ बर्षको जमालदिन मिया रहेको नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले जानकारी दिएका छन् । शैलेन्द्र पाण्डे अनुसार लागु औषध कारोबार गर्नेको नेपाल भारतमा समेत संजाल हुन सक्ने हुँदा अनुसन्धान भइरहेको र अन्यको संलग्नता भए नभएको, मुख्य गिरोह को हो भन्ने तर्फ पनि अनुसन्धान गरिने बताए ।...
भारतका अदानी बने संसारको दोस्रो धनी ब्यक्ति

भारतका अदानी बने संसारको दोस्रो धनी ब्यक्ति

आर्थिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, असोज १ – भारतीय व्यापारी गौतम अदानी विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन्। फोर्ब्स पत्रिकाका अनुसार अदानी ग्रुपका अध्यक्ष गौतम १५५.५० बिलियन अमेरिकी डलर बराबरको सम्पतीसहित संसारकै दोस्रो धनी बनेका हुन्। अदानीले अमेजनका अध्यक्ष र संस्थापक जेफ बेजोसलाई पछि पारेका हुन्। बेजोसको सम्पत्ति २.३ बिलियन डलर अर्थात १.४९ प्रतिशत झरेर १४९.७ बिलियन डलरमा पुगेको छ। अदानीको कोइलादेखि बन्दरगाहसम्मको व्यवसाय छ। भर्खरै उनले भारतको चर्चित मिडिया एनडीटिभी खरिद गरेका थिए । भारतमा निजी क्षेत्रको ठूलो बन्दरगाह र विमानस्थल सञ्चालनमा उनको लगानी छ । अस्ट्रेलियामा कोइलाखानी रहेका अदानीको व्यवसायलाई वातावरणवादीले आलोचना गरे पनि उनले हरित ऊर्जामा ७० अर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् । पहिलो पटक सन् २००८ मा फोर्ब्सको विश्वका अर्बपतिहरूको सूचीमा देखापरेका अदानी यस वर्ष फेब्रुअरीमा एसियाकै सब...
घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, असोज १ – चिनियाँ कम्पनी ओप्पो मोबाइल कम्पनीको नेशनल डिस्ट्रिब्युटर घरभाडा नतिरीकन भागेको छ । चिनियाँ कम्पनीले घरभाडा नतिरीकन भागेको भन्दै घरधनीले कानुनी प्रकिया सुरु गर्ने तयारी गरेका छन् । ओप्पो मोबाइल कम्पनीको नेशनल डिस्ट्रिब्युटर साविक ओप्पो डि.एस. प्रा.लि., हाल डि.एस. प्रा.लि.ले तीन महिनादेखि घरभाडा नतिरी घर खाली गरेर सम्पर्कविहीन भएको घरधनी संगीता बस्न्यातले बताइन्। घरबहाल सम्वन्धी करारनामामा उक्त कम्पनीले काठमाडौं महानगरपालिका-५, हॉडिगाउंमा बस्न्यातको नाममा रहेको एक रोपनी जग्गा र सो जग्गामा बनेको २ वटा घर तथा टहरा समेत विगत ६ वर्ष देखि लिजमा लिई भोगचलन गर्दै आएको थियो। २०७९ बैशाख १ गतेदेखि दुई वर्षको लागि करारनामा नविकरण भएको थियो । उक्त कम्पनीले विगत तीनमहिनादेखिको भाडा नतिरीकन, घर छाड्ने अग्रिम सूचना नदिइकन र घरको अवस्था बिगारेर फरार भएको भन्दै बस्न्यातले सा...
चिनीयाँ नाकाबन्दीका कारण नेपाली व्यपारी आत्महत्या गर्दै

चिनीयाँ नाकाबन्दीका कारण नेपाली व्यपारी आत्महत्या गर्दै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, असोज १ – न्यूरोडका असल व्यापारीको छवि बनाएका स्वेत बराहा इन्टरप्राइजेजका सञ्चालक सुदर्शन घिमिरेले आत्महत्याको बाटो रोजेका छन् । उनले २०७९ भदौ ६ गते आत्महत्या गरे। त्यसैगरी नेपाली बजारमा चिनियाँ सामान आयात र आपूर्तिमा संलग्न सिन्धुपाल्चोकका युवा उद्यमी हरेराम पौडेलले नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएपछि निराश भएर २०७७ असोज २७ गते आत्महत्या गरेका थिए । यी दुबै व्यवसायी धेरै वर्षदेखि व्यवसायमा थिए र कोरोनाभाइरस महामारीको प्रकोप अघि राम्रो कमाई गरिरहेका थिए। तर ती उद्यमीहरू चिनियाँ नाकावन्दीका दोहोरो जालमा परे। एकातिर उनीहरूका सामानहरू धेरै महिनादेखि सीमानामा परेका थिए । अर्कोतिए उनीहरूमाथि ठूलो मात्रामा ऋण थियो। एकातिर उनीहरू आर्थिक संकटबाट गुज्रिरहेका थिए भने अर्कोतिर बैंक तथा अन्य साहुले नियमित रूपमा किस्ता वा बक्यौता भुक्तानीको माग गरिरहेका थिए । आफ्नो साम...
युरोपलाई चीनको रेल मार्गको दुविधा

युरोपलाई चीनको रेल मार्गको दुविधा

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बैंकक/लन्डन/अङ्कारा/बर्लिन, असोज १ – रुस मार्फत सामानहरू ढुवानी गर्दा रेल ब्रिज कार्गो, युरोपेली ढुवानी कम्पनीको ६०५ व्यापार हुन्थ्यो। त्यसपछि राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो आक्रमण सुरु गरे र रुसको प्रवृतिवाट चित्त नबुझाएका युरोपेली देशरु वैकल्पिक यातायात मार्गहरूको लागि खोजी गर्न थाले । यूक्रेन आक्रमणको सात दिन पछि, रेल ब्रिज कार्गोले नैतिक आधारमा ट्रान्स-रूस मार्गहरू प्रयोग गर्न बन्द गर्ने घोषणा गर्‍यो । मानवीय आपूर्ति, खाना र औषधिको लागि श्रोत बचाउन यसो गरिएको थियो । अब कम्पनीले रुसको बाटोको साटो दक्षिणतिर हेर्‍यो, जुन चीनको चौङकिङदेखि जर्मनीको डुइसबर्गसम्म नयाँ, फलामको रेशम सडक निर्माण गर्ने योजनाको मुख्य भाग हो। तर, बिकास नभइसकेको नयाँ बाटो एक्कासी कार्गो आवतजावतको लागि तयार थिएन। क्यास्पियन सागरमा रहेको कजाख सहर अक्ताउले यस वर्ष आफ्नो १९४००० जनसंख्या भन्दा धेर...
कृषिमा हुने चिनियाँ लगानीमा अमेरिकी प्रतिबन्ध

कृषिमा हुने चिनियाँ लगानीमा अमेरिकी प्रतिबन्ध

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
वाशिंगटन, असोज १ –एउटा चिनियाँ कम्पनी फुफेङ समूहले उत्तरी डकोटाको वायुसेना आधार नजिकैको जग्गा खरिद गरेपछि खतरा बढेको भन्दै अमेरिकी सिनेटरले बुधबार सिनेटमा चीनलाई लगानी, खरिद वा अन्यथा जग्गा अधिग्रहण गर्नबाट ‘कालो सूचीमा’ गर्न कानून पेश गरेका हुन् । दक्षिण डकोटाका रिपब्लिकन सेनेटर माइक राउन्ड्सले ‘अमेरिकी खेतीयोग्य जमिनको सुरक्षा हाम्रो राष्ट्रिय सुरक्षा कायम राख्न महत्त्वपूर्ण छ , एक चिनियाँ कम्पनीले भर्खरै नर्थ डकोटामा एयर फोर्स बेस नजिकैको खेतीयोग्य जमिन खरिद गर्दा म चिन्तित छु ‘ भनेका थिए । विशेष गरी, यो नयाँ कानूनले रसिया, इरान र उत्तर कोरियालाई अमेरिकी कृषि व्यवसायमा लगानीबाट कालोसूचीमा राख्ने छ, सिनेटर राउन्ड्सले आफ्नो साइटमा लेखेका छन् । एक चीनमा आधारित कम्पनी फुफेङ समूहले ग्रान्ड फोर्क्स, नर्थ डकोटा नजिकै को ३०० एकड खेत जग्गा खरिद गरेको हो । यो क्षेत्र क्यानाडाको सीमाब...