Friday, April 17सत्यम खबर
Shadow

इप्रकाको सफलता २.७ के.जी. चरेससहित दुई जना पक्राउ

कृष्णनगर, २ असोज – इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले २.७ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगर स्थित जामिया सोजुलुल रहमानी कम्प्लेक्सबाट विशेष सुचनाको अधारमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगर पालिका ९ पर्सैनीका बर्ष १८ की मन्जु चौधरी र दाङ जिल्लाको अमउवा गाउँपालिका वडा नं. २ बस्ने ३१ बर्षको जमालदिन मिया रहेको नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले जानकारी दिएका छन् ।

शैलेन्द्र पाण्डे अनुसार लागु औषध कारोबार गर्नेको नेपाल भारतमा समेत संजाल हुन सक्ने हुँदा अनुसन्धान भइरहेको र अन्यको संलग्नता भए नभएको, मुख्य गिरोह को हो भन्ने तर्फ पनि अनुसन्धान गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *