Friday, April 17सत्यम खबर
Shadow

भारतका अदानी बने संसारको दोस्रो धनी ब्यक्ति

काठमाण्डौ, असोज १ – भारतीय व्यापारी गौतम अदानी विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन्। फोर्ब्स पत्रिकाका अनुसार अदानी ग्रुपका अध्यक्ष गौतम १५५.५० बिलियन अमेरिकी डलर बराबरको सम्पतीसहित संसारकै दोस्रो धनी बनेका हुन्।

अदानीले अमेजनका अध्यक्ष र संस्थापक जेफ बेजोसलाई पछि पारेका हुन्। बेजोसको सम्पत्ति २.३ बिलियन डलर अर्थात १.४९ प्रतिशत झरेर १४९.७ बिलियन डलरमा पुगेको छ।

अदानीको कोइलादेखि बन्दरगाहसम्मको व्यवसाय छ। भर्खरै उनले भारतको चर्चित मिडिया एनडीटिभी खरिद गरेका थिए । भारतमा निजी क्षेत्रको ठूलो बन्दरगाह र विमानस्थल सञ्चालनमा उनको लगानी छ ।

अस्ट्रेलियामा कोइलाखानी रहेका अदानीको व्यवसायलाई वातावरणवादीले आलोचना गरे पनि उनले हरित ऊर्जामा ७० अर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् ।

पहिलो पटक सन् २००८ मा फोर्ब्सको विश्वका अर्बपतिहरूको सूचीमा देखापरेका अदानी यस वर्ष फेब्रुअरीमा एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए। उनले भारतीय अर्बपति मुकेश अम्बानीलाई पछाडि पार्दै यो सफलता हात पारेका थिए।

तेस्रो स्थानमा रहेका अर्नाल्टको सम्पती १५५.२० बिलियन डलर छ।

पहिलो नम्बरमा एलन मस्क नै रहेका छन्। शुक्रबार प्रकाशित पछिल्लो सूचिअनुसार मस्कको सम्पत्ति २७३.५ बिलियन अमेरिकी डलर देखिएको छ। चौथो स्थानमा रहेका बेजोसको सम्पती १४९.७ बिलियन डलर रहेको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *