मंगलबार चर्चित गायक पशुपति शर्मा, कमल खत्री र डान्सर अञ्जली अधिकारी आउँदै
नेपालगन्ज, २३ माघ - बाँकेको नेपालगन्जमा जारी महोत्सवमा भोलि मंगलबार चर्चित गायक पशुपति शर्मा र कमल खत्री सहितका कलाकार आउने भएका छन् ।
नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा मंगलबार राष्ट्रिय ख्याती प्राप्त गायक पशुपति शर्मा, गायक कमल खत्री र डान्सर एवं माेडेल अञ्जली अधिकारी आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए । स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ ।
उनका अनुसार मंगलबार उद्धघोषक सञ्जय देवकोटा र उद्धोषिका प्ररणा गिरीले कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय भएको महोत्सव परिसर स्थित सचिवालयले जनाएको छ ।
यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा एस एम कल...









