तीन वर्षदेखि ताक्लाकोट नाका बन्द हुँदा व्यवसायीको बिजोग
काठमाण्डौ, २ फागुन – पहिले भूकम्प र तीन वर्षदेखि कोरोनाको कारण देखाउँदै चीनले नेपालसँगका नाका बन्द गरेको छ । रसुवागढी नाका चीनको स्वेच्छामा निर्भर छ । मन लागे एक महिना खुल्छ, नलागे बन्द हुन्छ ।
तातोपानी नाका त तीन वर्षभन्दा बढी भइसक्यो बन्द भएको । रसुवागढी नाकालाई चीन र नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्ने मुख्य नाका मानेका थिए । यस्तै, तीन वर्षदेखि बन्द पश्चिम नेपालको ताक्लाकोट नाका अहिलेसम्म खुलेको छैन । नाका बन्द भएपछि यहाँका व्यवसायी मर्कामा परेका छन् ।
६ महिना ताक्लाकोट बजारमै बसेर व्यापार गर्ने दार्चुलाका स्थानीय व्यवसायी चीनले नाका बन्द गरेपछि जान पाएका छैनन् । नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका हुन् । दार्चुलाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन् ।
तीन वर्षदेखि ताक्लाकोटबाट चिनियाँ सामान...









