Friday, May 1सत्यम खबर
Shadow

राष्ट्रपतिको अमेरिका भ्रमणमा चिनियाँ विद्यार्थीलाई उर्दी जारी गरिएको खुलासा

काठमाण्डौ, १४ मंसिर – चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले अमेरिकामा अध्ययनरत चिनियाँ विद्यार्थीलाई राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा अनिवार्य उपस्थित हुन उर्दी जारी गरेको खुलासा भएको छ।

आफ्नो स्वागतमा धेरै चिनियाँहरु उपस्थित भएको देखाउनका लागि राष्ट्रपति सीको अमेरिका भ्रमणका क्रममा अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई उपस्थितिका लागि उर्दी जारी गरिएको खुलेको छ।

यो निर्देशन लस एन्जलसस्थित चिनियाँ वाणिज्य दूतावासले जारी गरेको बताइएको छ। सीसीपीले चिनियाँ विद्यार्थीहरूलाई सान फ्रान्सिस्कोमा राष्ट्रपति सी जिनपिङको स्वागत गर्नको लागि कार्यक्रम आयोजना गरेको थियो।

यस कार्यलाई ‘महान जिम्मेवारी र गौरवपूर्ण मिशन’ को रूपमा चित्रण गर्दै चिनियाँ विद्यार्थी र विद्वान संघका सबै समिति सदस्यहरूलाई आन्तरिक सूचना पठाएर अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको पाइएको हो।

एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति गत नोभेम्बर १३ मा सान फ्रान्सिस्को पुगेका थिए। उनले बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि द्विपक्षीय भेटवार्ता गरेका छन्।

यसैगरी भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङले विभिन्न अमेरिकी व्यापार अधिकारीहरूसँग भेटघाट गरेका छन्। उनको भ्रमणलाई कूटनीतिक कर र व्यापार विवादपछि अमेरिका र चीनबीचको सम्बन्धमा सुधारको संकेतका रूपमा हेरिएको छ। नेपालपाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *