Sunday, April 19सत्यम खबर
Shadow

आतंकवादबाट नेपाल पनि अछुतो रहन सक्दैन

मितिः २०७८ असोज ११ गते
विद्रोही
विश्वलाई निल्न आतंकवादरुपी राक्षस सुरसा जस्तो मुख फैलाएको छ यस कारण यो आतंकवाद वैश्विक रुपमा फैलिने खतरा छ जसबाट हाम्रो देश नेपाल पनि एक दिन अवश्य नै ग्रसित हुने अनुमान छ ।
नेपालदेखि मात्र १ हजार ७ सय १० किमि टाढा अफगानिस्तान छ यहाँ तालिबानी शासन आएकोले यो देशमा विश्वका कुख्यात आतंकवादी संगठन यहाँ आफ्नो अखडा बनाउन सक्रिय भएका छन् त्यसो पनि तालिबानी आएसँग अब त्यहाँ आइएस खुरासान, अलकायदा, लश्करे तोयबा, जमात ए दावा लगायत दर्जनौं आतंकवादी संगठन देखा पर्न थालेका छन् । त्यहाँ अब यस्तै प्रकारको आतंकवादी संगठनले प्रवेश लिइ रहेका छन् यिनी सबैको उद्देश्य एउटै छ त्यो कार्य हो सम्पूर्ण विश्वमा आतंकवाद फैलाई निर्दाेषहरुको ज्यान लिनु । यस्तो कार्य विगतमा हामीले इराक, सिरियामा देखी सकेका छौं । जहाँ बगदादी नामको आतंकवादीको नेतृत्वमा हजारौं हजार शिया मुस्लिम, यजीद समुदायको बच्चाहरुको निर्ममताले घाँटी रेटिएको थियो यस्ता समुदायका हजारौं हजार बालबालिकाको आँखामा पट्टी बाँधी जिउँदै जमिनमा पुरिएको थियो । त्यहाँ तमाम पत्रकारहरुको हत्या आइएसले गरेको दृष्टान्तहरु पाइन्छ । आइएसले सो समय हजारौं हजार महिलालाई बन्दी बनाई कुन प्रकारले उनी महिलालाई बजारमा बिक्री ग¥यो यस्तो घटना सम्पूर्ण विश्वको सामुन्ने छ । वि.सं. २०५८ सालमा अलकायदा नामको संगठनले जसरी अमेरिकाको पेन्टागन र ट्वीन टावरमा जहाज ठोकाई त्यहाँ ठूलो धनजनको क्षति ग¥यो यो घटना विश्वको नै ठूलो आतंकवादी घटना मानिन्छ ।


त्यस्तै पाकिस्तानी आतंकवादी कसाब लगायतले मुम्बईमा जसरी सर्वसाधारणहरुमाथि गोली बर्साई अनेकौंको हत्या गरे होटल ताजमा आतंककारीहरुले नांगो नाच गरे यो घटना पनि सानो थिएन । अरु के भनौं पाकिस्तानमा जसरी तहरीके तालिबानका आतंकवादीहरुले स्कूलमा आक्रमण गरी स्कूल पढ्ने बालबालिकाको हत्या गरे यो घटना पनि कुनै सानो घटना थिएन । तर आज पाकिस्तानले सो घटनालाई बिर्सेको छ र आज राम्रो तालिबान खराब तालिबानको राग अलापी रहेको छ यस्तो कुरा त्यसको निर्लज्जतापूर्ण छ । आतंकवादी भनेको आतंकवादी हो त्यो सधैं हिंसकपूर्ण कार्य गर्छ त्यसबाट शान्तिको कल्पना गर्न सकिँदैन । अहिले सम्पूर्ण विश्वमा २ किसिमको आतंकवाद हावी छ एउटा आतंकवाद साझै हतियारको भरमा चलाइने गरिएको छ दोस्रो अहिंसक ढंगले आतंकवाद चलाउने गरिएको छ । हतियारको भरमा आतंकवाद पाकिस्तान, अफगानिस्तान, सिरिया, तुर्की, इराक, नाइजिरिया लगायतबाट चलाउने गरिएको छ त्यस्तै अहिंसक रुपले आतंकवादलाई टेवा अमेरिका, चीन, रुस, साउदी अरब जस्ता देशले चलाउँदै आएका छन् ।
दशकौं अघि यस्तै प्रकारले अमेरिकाले भियतनाममा युद्ध चर्काई लाखौं भियतनामी जनताको हत्या गरेको थियो । भन्ने गरिन्छ, क्रिया हुँदा प्रतिक्रिया पनि अवश्य हुन्छ सो समय प्रतिक्रिया स्वरुप जसरी भियतनामीहरुले अमेरिकाको पिटाई गरे बाध्यतावश अमेरिकालाई भियतनामबाट भाग्नु परेको थियो । अमेरिकाले सोही प्रकारको आतंकवादी क्रियाकलाप जापानमा गरेको थियो जापानले अमेरिकालाई पिट्न थाल्दा कायरतापूर्वक त्यसले जापानको हिरोशिमा, नागासाकीमा परमाणु बम खसाली लाखौं लाख जापानी नागरिकको हत्या गरेको थियो। इराकमा अमेरिकाले त्यस्तै प्रकारको आतंकवादी कार्य ग¥यो इराकी राष्टूपति सद्दाम हुसेनसँग खतरनाक हतियार रहेको झूठो हल्ला फैलाई त्यसले भारी मात्रामा बम बारुद त्यहाँ खसाल्यो । पछि त्यहाँ सद्दाम हुसैनसँग कुनै प्रकारको खतरनाक हतियार नरहेको प्रष्ट भयो । एलेप्पो शहरलाई अमेरिकाले कुन प्रकारले खण्डहर बनायो यो कुरा सबैको सामुन्ने रहेको कुरा हो । अमेरिकाले अफगानिस्तानमा २० वर्ष सम्म आफ्नो सैनिक यस कारण राख्यो कि आतंकवाद समाप्त पार्नुछ तर २ दशकमा पनि त्यसले आतंकवादको त्यहाँबाट सफया गर्न सकेन अहिले त्यो रातीको समयमा त्यहाँबाट चोर जस्तै भागेको छ । वास्तविक रुपमा देखियो भने त्यो चाहे अलकायदा होस् वा आइएस यिनी सबै आतंकवादी संगठनको जन्मदाता अमेरिका र त्यसको अहिलेसम्म पिठ्युँ रहेको पाकिस्तानले बनाएको थियो सो समय यि आतंकवादी संगठन यस कारण त्यसले तयार पारेको थियो, कि आफ्नो शत्रु देशमा विखण्डन गराउन सकियोस् सोभियत रुसको विखण्डन उनै आतंकवादी संगठनबाट गराइएको थियो । जब ति आतंकवादी संगठन अमेरिकाको शत्रु बने अनि उनी सबैलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन त्यसले घोषणा ग¥यो यसरी विश्वको कुनै ठूलो आतंकवादी देश छ भने त्यो हो अमेरिका ।


आफ्नो स्वार्थ साध्न त्यसले आतंकवादी संगठन तयार पार्छ पछि सो आतंकवादी संगठनको सफाया गर्ने आडमा निर्दाेष नागरिकको हत्या गर्नसम्म चुक्दैन । अहिले वैश्विक रुपमा आतंकवाद हावी भइ रहेको छ भने यसको दोषी ठूला राष्टू हुन् यिनीहरु चाहेमा १ मिनटमा सम्पूर्ण आतंकवादको सफाया गर्न सकिन्छ तर उनी चाहँदैनन् कि विश्वमा रक्तपात रुकोस् । विश्वमा रक्तपात रुक्यो भने उनीहरुको हतियारको कारोबार नै बन्द हुनेछ । अमेरिका दशकौंदेखि आतंकवादलाई मलजल दिई रहेको छ । पाकिस्तानको काम हो आतंकवादर्लाइ बढावा दिइ आफ्नो पेट भर्नु । त्यससँग आज कुनै रोजगार छैन । तुर्की, मलेशिया, बाँग्लादेश, साउदी अरब, चीन जस्ता देश आतंकवादलाई लुकीछिपी ढंगले पोस्दैछन् तर आफ्नो देशमा यो नपस्न पाओस् भनि भित्र भित्रै डराउँदै पनि रहन्छन् ।
चीनले आफ्नो प्रान्त जिनजियांग, सिक्यांगमा विद्रोह नफैलोस् यस कारण अब तालिबानलाई आर्थिक सहयोग उपलब्ध गराउन शुरु गरेको छ । यसरी सम्पूर्ण विश्वमा फैलेको आतंकवाद ठूलो राष्ट्रको देन हो । माथिबाट यिनीहरुको कार्य धार्मिक छ तर भित्र–भित्रै या त राजनीतिक या त व्यवसायिक मात्र । उदाहरणको रुपमा अफगानिस्तानलाई लिन सकिन्छ यही अफगानी जनता विगतमा ब्रिटेनसँग लडेका थिए, पछि अमेरिकासँग लडे । यि लडाई स्वतन्त्राको लागि थिएन पहिले आफ्नो राजनीतिक वर्चस्व बढाउन पछि समुदाय–समुदाय कबिला कबिलाको वर्चस्व बढाउन युद्ध गरियो । युद्ध गर्ने पहिले पनि त्यही अफगानी थिए युद्ध गर्ने त्यही अफगानी आज पनि छन् । यि अफगानी युद्धमा यति तल्लीन किन रहन्छन् त ? यसको जवाफ हो त्यहाँ परम्परागत रुपमा चल्ने अफीमको खेती । अफीम खेतीमाथि आफ्नो वर्चस्व मात्र रहोस् यसको लागि उनी सधैं युद्धको बाटो अपनाउँदै आएका छन् । सम्पूर्ण विश्वमा अफीमको निर्यात लुकीछिपी ढंगले अफगानिस्तानले गर्दै आएको छ यस कारण अफीम त्यसको मुख्य आयस्रोत हो यसै अफीमबाट देश चल्ने गरेको छ अब जुन देश नशालु पदार्थबाट चल्छ भने त्यहाँ आर्थिक समृद्धि कसरी हुन्छ त्यहाँ न त समृद्धि आउँछ न त समुन्नति हुन्छ न त शान्ति नै हुन्छ । अफगानिस्तानमा काजु, अखरोट, किसमिस, पिस्ता, बदामको ठूलो उत्पादन हुन्छ यसरी अफीम पछि यि सुकेको मेवा दोस्रो मुख्य आयस्रोत हो । यि सुकेको मेवा बहुतायत मात्रामा सेवन गर्दा शरीर ह्रष्टपुष्ट रहछ त्यसमाथि अफीमको सेवनले गर्दा ति अफगानी सधैं रिसमा भरेका हुन्छन् । यिनीहरु लसुन र प्याजको त्यसरी नै बढी सेवन गर्छन् यस्ता तातो प्रवृत्तिका खाद्य वस्तुको सेवनले गर्दा उनीधेरै नै उग्र स्वभावका हुन्छन् ।


देशमा युद्धको स्थिति बन्दा जुन तर्फबाट बढी रकम मिल्छ त्यसतर्फबाट उनी पैसाको लागि युद्ध लड्छन् त्यहाँ युद्धको स्थिति रहँदैन भने रकम कमाउन भाडाको सैनिक बनि अरुको देशमा युद्ध लड्न पुग्छन् । यसरी अफगानीको लागि युद्ध गर्नु नै संस्कृति र व्यवसाय हो । अब अफगानिस्तानमा तालिबान जस्तो समूहले सत्तामा आफ्नो पकड बनाई सकेको छ यस कारण रकम कमाउन विभिन्नहरु अब अफगानी सेनामा भर्ना हुन शुरु हुन्छन् । कथमकदाचित कुनै समय तालिबानी सत्ता कमजोर भए यिनीहरु विद्रोही गुटतर्फ सामेल भइ सरकारको विपक्षमा युद्ध लड्छन् । यसरी अगामि समय सम्पूर्ण विश्व अफगानिस्तानबाट त्राहिमाम बन्नेछ । अब चाहे त्यो पाकिस्तान, भारत होस् वा अमेरिका, रुस, चीन, साउदी अरब, इरान सबै देशमा आतंकवाद अफगानिस्तानबाट नै प्रवेश गर्छ । माथि नै उल्लेख गरी सकेका छौं नेपालबाट अफगानिस्तानको दूरी धेरै छैन । यस दशकमा पाकिस्तानबाट करीब २ लाख जना कानूनी वा गैरकानूनी रुपले भारतमा प्रवेश लिइ हराई सकेका छन् । उनी २ लाख मध्येका पाकिस्तानीहरु मात्र भारतमा नै लुकेर बसेका होलान् त ? खुल्ला सीमाको फाइदा उठाई अनगिनत हाम्रो देश नेपालमा पनि लुकिछिपी बसेका होलान् । उनी पाकिस्तानीहरु यहाँ शातिको पाठ पढाउन आएको त पक्कै पनि होइनन् उनीको एउटै उद्देश्य छ सम्पूर्ण विश्वमा आतंकवाद फैलाउने उनीहरु अहिले बाँग्लादेशी घुसपैठिया, रोहिंग्यालाई एकत्रित पारी मजबुत संगठन बनाई सकेका होलान् । आगामि समय ति बाँग्लादेशी, रोहिंग्या, पाकिस्तानीहरु भारतमा ठूलो विद्रोहको स्थिति बनाउने छन् । सो पछि आफ्नो अभियानलाई सफलता दिन नेपालमा पनि आतंकवादी क्रियाकलाप गराउन कदापि पनि चुक्दैनन् ।
यस कारण आतंकवादको समस्या मात्र एक देशको होइन बरु वैश्विक समस्या बन्दै गएको छ । यस आतंकवादलाई धेरै दिन पोस्नु हुँदैन सर्पको स्वभाव हो टोक्नु थोरै असावधान्ी हुँदै नै यस आतंकवादले कुनै पनि राष्टूलाई टोक्न चुक्दैन । यस कारण समस्या आउनु भन्दा पहिले समस्याको समाधान गर्नुतर्फ लाग्नुपर्छ । सम्पूर्ण विश्वबाट आतंकवादलाई सफाया गर्न ठूला राष्ट्रहरु चाहे त्यो अमेरिका होस् वा रुस, चीन, भारत सबैले इमान्दारी राखी आतंकवादलाई सम्पूर्ण रुपले नष्ट पार्न सबै भन्दा पहिले अफगानिस्तानमा जबरजस्ती हतियारको भरमा सत्तामा आएको तालिबानलाई हटाउन सैन्य कारवाही चलाउनु प¥यो । एक तर्फ आतंकवादलाई सफाया गर्ने अर्कातर्फ आतंकवाद पोस्ने काम अब ठूला राष्ट्रहरुले बन्द गर्नुपर्छ । आतंकवाद कसैको मित्र होइन यो कुरा सबैले बुझ्नु पर्छ । आतंकवादको विपक्षमा सबै ठूला राष्ट्र इमान्दारीले खडा भए केही समयभित्रै यसलाई अवश्य नै समाप्त पार्न सकिन्छ । स्मरणीय छ, २०७१ सालमा पाकिस्तानको कराचीमा निर्माण भएको कल्की नामको आतंकवादी संगठन जनकपुरको रामजानकी मन्दिर, काठमाडौंको पशुपतिनाथ मन्दिरलाई बम विष्फोट गरी भत्काउन आफ्नो ११ जना आतंकवादी नेपाल पठाएको थियो । यो घटनाको पर्दाफास हुँदा ६ जना पाकिस्तानी पक्राउ परेका थिए । यसरी नेपाल पनि आतंकवादीको निशानामा छ यस्तो आतंकवाद नेपालमा दशकौंदेखि चल्दै आएको छ दशकौं पूर्व बंगालका नवाब शम्सुद्दीन इलियास र गुर्गीन खाले पनि हिन्दु धार्मिक स्थानमा तोडफोड गर्न सफल भएका थिए । यी व्यक्ति पनि एक किसिमले आतंकवादी नै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *