Monday, April 13सत्यम खबर
Shadow

चीन र भारतका नाकाहरुमा पर्यटन सेवा केन्द्र स्थापनाको माग

महेन्द्रनगर, ३ असाेज – होटल ब्यवसायीहरुले चीन र भारतसँग नाका जोडिएका सबै नाकाहरुमा पर्यटन सेवा केन्द्र स्थापना गर्न माग गरेका छन् । कञ्चनपुको महेन्द्रनगरमा सम्पन्न होटल ब्यवसायी महासंघको केन्द्रीय समितिको बैठकले नेपालसँग सीमा जोडिएका चीन र भारतका नाकाहरुमा पर्यटन सेवा केन्द्र स्थापनाको माग गरेको हो ।

महासंघको चौथो बैठकले कारोना महामारीको बहानामा भारतीय मार्ग हुँदै नेपाल भित्रने पर्यटकहरुको आगमन नरोक्न सरकार समक्ष माग समेत गरेको छ । कोरोना माहामारीका कारण सबै भन्द्या बढी पर्यटन उद्योग मारमा परेको ठहर गर्दै बैठकले पर्यटन उद्योगलाई संचालन गर्न सरकारले अविलम्ब ठोस कदम चाल्न बैठकले माग गरेको महासंघका केन्दीय सचिव शंकर भण्डारीले बताए ।

सीमामा भारतिय सवारी प्रवेशमा रोक लगाएका कारण सिमावर्ति क्षेत्रका होटल व्यवसाय धारासायी भएको भन्दै सवारी आगामान सुचारु बनाउन समेत महासंघले माग गरेको छ ।

बैठकले होटल ब्यवसायी महासंघको संगठनलाई ७ वटै प्रदेशमा विस्तार गर्ने निर्णय गर्दै त्यसको खाका बनाउन वरिष्ठ उपाध्यक्ष दिनश चुकेको संयोजकत्वमा समिती बनाईएको सचिव भण्डारीले जानकारी दिए । चुकेकै संयोजकत्वमा आगामी पुस महिना भित्र महासंघको साधारणसभाको तयारी समिति गठन गरिएको भण्डारीले बताए ।

महासंघका अध्यक्ष हिराध्वज शाहको अध्यक्षतामा सम्पन्न बैठकको होटल ब्यवसायी महासंघ कञ्चनपुर शाखाले आतिथ्यता प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *