
कपिलवस्तु, २० भाद्र – कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ । नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खांले संयुक्त वडा भेलाको अध्यक्षता गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्र प्रसाद बन्जाडे अतिथी लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, नेकपा माओवादी केन्द्र कृष्णनगर नगर सह इन्चार्ज केशर वली, नगर सचिव गणेश प्रसाद बन्जाडे, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार मौलाना जाहिद आजाद भण्डानगरी, गुरु शरण सिंह (बन्टी सरदार) लगायत रहेका थिए ।
कृष्णनगर नगरपालिका वडा नं. २मा रहेको मुस्लिम समुदायिक हालमा वडा नं. १,२,३को संयुक्त भेला गरि ११/११ सदस्यीय वडा कमिटी गठन गरेका छन । उक्त संयुक्त भेलामा उपस्थित लगभग ५०० जना मान्छेहरुको सर्वसहमति बाट वडा नं.१को अध्यक्ष सेराज अहमद खां वडा नं.२को अध्यक्ष अजय गोयल (डब्बु) वडा नं.३को अध्यक्ष खुर्शेद आलम खांलाई निर्विरोध निर्वाचित गरेको नगरसचिव बन्जाडेले बताएका छन ।
नवनियुक्त पदाधिकारीहरुलाई प्रमुख अतिथी बन्जाडेले टिका लगाई स्वागत गर्दै आ-आफ्नो पदमा वसी पार्टीको हकहितमा काम गर्न तथा आउने निर्वाचनमा पुर्ण बहुमत हासिल गर्नका लागि आजैदेखि लाग्ने निर्देशन दिंदै नवनियुक्त पदाधिकारी हरुलाई सपथ समेत खुवाउँदै कृष्णनगर शिक्षा, स्वास्थ्य, बांटो घाटो, क़ृषि लगायत अन्य बिषयमा पिछडी परेको क्षेत्र हो, यो क्षेत्रलाई नेकपा माओवादी केन्द्र बाहेक अरु कसैले अगाडी लैजान सक्दैन । माओवादी केन्द्रले गरेको आफ्नो चुनावी घोषणाहरु सकेसम्म पुरा गर्दै आइरहेको छ, गरिब असहाय दलित आदिवासी जनजाती तथा मुस्लिम समुदायको हक अधिकारका दिलाउनको लागि शुरुदेखि माओवादी केन्द्रले लड्दै आएको छ र हक अधिकार दिलाउनमा सफलता पनि पाएकोछ । आज नवनिर्वाचित कामरेडहरु यदि कृष्णनगरको उद्धार गर्न छ भने आजैदेखि योजना बनाई आ-आफ्नो स्तरबाट माओवादी केन्द्रलाई बलियों बनाउनु पर्ने अवस्था रहेको कुरा प्रमुख अतिथी बन्जाडेले बताए ।
उपस्थित जनतालाई लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हृदय देखि धन्यवाद दिंदै नवनियुक्त पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिए ।
सदियोदेखि नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई खत्म गर्नाको लागि नेकपा माओवादी केन्द्रले ठुलो संघर्ष गरेको छ । देशमा माओवादी केन्द्रले ठुलो परिवर्तन ल्याएको छ, बिच बिचमा केही असमाजिक तत्वहरुको कारणले पार्टीले धोका पनि खाएको छ, तर पनि माओवादी केन्द्रले देशको हकहितको लागि काम गर्न उचित निर्णयगरि सुखी शान्ति समृद्धि नेपाल बनाउने प्रयासमा लागेको बताए ।
नेपालमा गणतंत्र स्थापना गर्नमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) को योगदान महत्वपूर्ण रहेको बताए l गाउँगाउँमा सिंहदरबार पहुचाउनको लागि लिएको संकल्पलाई पुरा गर्दै अगाडी बढ़ी रहेको छ । नेपाल सेनाले पदपुर्ति गर्नको लागि यसै बिचमा भर्ना खोलेको छ तर नेपालको अल्पसंख्यक मुस्लिम समुदायलाई बेवास्ता गरि अल्पसंख्यक मुस्लिम समुदायको हक अधिकार खोस्ने काम गरि रहेको आराेप लगाए । हामी आफ्नो हक अधिकार पाउनको लागि संघर्ष गर्छौ र कुनै न कुनै दिन हामी पक्कै पाउछौ भन्दै गुनासो समेत पोखेका थिए ।
कार्यक्रम संचालक विनय शर्मा तथा कार्यक्रमलाई सफल बनाउनको लागि शाहिद खां, अब्दुल अजीज अन्सारी वसीम पठान, सलमान खान, युवा नेता जुम्मन खां, प्रहलाद यादव लगायतहरुको महत्वपूर्ण भूमिका रहेको थियो ।