Friday, March 14सत्यम खबर
Shadow

नेकपा एमालको जनप्रतिनिधि भेला सम्पन्न

नेपालगन्ज, १९ भाद्र – नेकपा एमाले बाँकेले जिल्लामा निर्वाचित जनप्रतिनिधिसंग अन्तरक्रियात्मक भेला सम्पन्न गरेको छ ।
आगामी चुनावलाई लक्षित गर्दै बाँकेका स्थानीयतहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले जनता सामू राखेका प्रतिबद्धता पूरा गर्न सञ्चालन गरेका बिकास र त्यसले पार्ने प्रवालाई लिएर आगामी चुनावमा बहुमत प्राप्त गर्न नेकपा एमाले बाँकेले जिल्ला स्तरीय भेलाको आयोजना गरेको हो ।
नेकपा एमालेको बहुमत हँुदाहुँदै पनि माधव नेपालको कुण्ठा र महत्वाकांक्षा कै कारण सरकार ढले पनि नेपालको इतिहाँसमा केपि वली नेतृत्वको सरकारले महत्वपूर्ण उपलब्धी हाँसिल गरेको नेकपा एमालेका केन्द्रिय सदस्य एवं स्थानीय तह बिभाग प्रमुख देवेन्द्र दाहालले बताए । उनले भेलालाई सम्बोधन गर्दै जनताले विश्वास गर्नेगरि जनप्रतिनिधिहरुले जनताको बिकासमा ध्यान दिन आग्रह गरे ।


बाँकेका आठ स्थानीय तहमा रहेका ८१ वडामा नेकपा एमालेको नीति तथा कार्यक्रम लिएर जानुपर्ने खजुरा गाउँपालिका अध्यक्ष, नेकपा एमाले बाँकेका उपाध्यक्ष एवं स्थानीय तह केन्द्रिय बिभाग सदस्य किस्मतकुमार कक्षपतिले जोड दिए । उनले आगामी पाँच बर्ष जनताको चाहना पूरा गर्ने र ८१ वडाका जनताको भविश्य सुनौलो बनाउने प्रतिबद्धता ब्यक्त गरे ।


जनप्रतिनिधिहरुको अन्तिम अवधी चलिरहेका बेला जनताका लागि योजना बनाई अगाडी बढ्न नेकपा एमाले बाँकेका सल्लाहकार समितिका सदस्य देवराज भारले नेकपा एमाले बाँकेका जनप्रतिनिधिहरुलाई सुझाव दिए ।
नेकपा एमाले रह्यो भने राष्टिूयता, लोकतन्त्रका मूल्य मान्यता सुक्षित हुने नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले बताए । बाँके जिल्लामा एमाले बिभाजनको असर पर्न नदिन जनप्रतिनिधिसंग अन्तरक्रियात्मक भेलाको आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *