Saturday, November 23सत्यम खबर
Shadow

स्वास्थ क्षेत्रमा फड्को मार्दै खजुरा

खजुरा, ३० जेष्ठ – खजुरा गाउ“पालिकाले विकासको गतिमा फड्को मार्दा कुनै एक पक्षलाई मात्र ध्यान दिईरहेको अवस्था देखिन्न । बाटो निर्माण, पुल पुलेसा निर्माण, ग्राभिलिङ्ग, माटो पटानलगायतको कार्यहरु आम खजुराबासी सर्वसाधारणहरुको चाहना अनुसार गरिरहेको पाईन्छ ।
त्यसैगरी शिक्षा क्षेत्रमा समेत हाल अन्य पालिकाभन्दा फरक ढंगले फड्को मारो पाईन्छ । केन्द्रिय बजेट, प्रदेश बजेट र स्थानीय तहको बजेटलाई कहाँ कसरी लगाउने भन्ने पूर्ण योजनाका साथ खजुराका शिक्षा प्रमुख मार्फत बृहत छलफल गरी योजना लागू गरिएको अवस्था हाल विद्यमान रहेको पाईन्छ ।


त्यसैगरी खजुरा गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा समेत अन्य पालिकाहरुको तुलनामा बढी नै सक्रियता देखिन्छ । खजुरा क्यान्सर अस्पतालमार्फत क्यान्सर पीडितहरुलाई मात्र उपचार नदिई नेपालमा कोरोना (कोभिड–१९) को पहिलो फेज मै सक्रियता साथ लागेको तथ्यांकहरुले देखाईरहेको पाईन्छ ।
खजुरा गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि खजुरा क्यान्सर अस्पताल मै पूर्ण व्यवस्थापन गरी बाँके जिल्ला मै उदाहरणीय गरेको गरेको नेपालगन्जबाट खजुरा क्यान्सर अस्पतालमा कोरोना संक्रमित भई उपचार गरी सञ्चो भएका बिरामीहरुले बताउँछन् ।
पछिल्लो समय नेपालमा दोस्रो भेरियन्टको कोरोनाले भयावहरुप लिए संगै खजुरा गाँउपालिकामा ७८१ जना संक्रमित भएका छ्न । कोरोना बाट ३४ जनाले ज्यान गुमाएका छ्न भने अहिले १३ जना होम आइसोलेसनमा रहेका छ्न ।
कोरोना विरामिको लाई सुविधा सम्पन्न आइसोलेसन ,विपदको वेला अक्सिजनको उपलब्ध गराउदै आइरहेको शाखा प्रमुख सुदिप पौडेलले जानकारी दिनु भयो ।


खजुरा गाँउपालिका ५ वटा स्वास्थ्य चौकी एक वटा प्राथमिक स्वास्थ्य चौकी २वटा आधारभूत स्वास्थ्य चौकी रहेको खजुरा गाँउपालिकामा ८ वटा वडाहरु छ्न । अहिले खजुरामा स्वास्थ बच्चा सुरक्षित भविष्य ,पोषण युक्त अभियान चलाउदै आएको छ स्वास्थ्य सामाग्रीहरुले विभिन्न संघसंस्थाबाट जुटाउदै आइ रहेको छ ।
शिक्षामा कमि भएका समुदायमा सरसफाइ अभियान इन्टर नेट जडान गर्न लागेको पनि स्वास्थ्य प्रमुख सुदिप पौडेलले जानकारी दिनु भयो । खजुरा गाँउपालिकामा रहेका तीन वटा खोप केन्द्र भवन निर्माण भएका छ्न अझै व्यवस्थित गर्न लागि परेको बताउनु भयो ।
खजुराले स्वास्थ्य क्षेत्रमा नियमित प्रगतिको फड्को मारिरहेको स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले बताए । उनले भने, ‘स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फस्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अंक र जिल्लाको वार्षिक प्रतिवेदनका आधारमा मूल्यांकन गरिएको समेत जानकारी दिएका छ्न ।
केही वर्षअघि स्वास्थ्य सूचकांकमा खस्किँदै गएको सुदूरपश्चिम पछिल्लो समयमा स्वास्थ्यकर्मी र समुदायको सक्रियतामा स्वास्थ्य सूचकांकमा खजुराका प्रत्येक वडाहरु उत्कृष्ट हुँदै आएका उनले बताए ।
खजुराले स्वास्थ्य सेवामा जति फड्को मार्नुपर्ने हो त्यति फड्को मार्न लागेको छ १५ शय्याको हस्पिटल तयार हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *