Friday, April 17सत्यम खबर
Shadow

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं. १ द्वारा सरकारलाई ध्यानाकर्षण

दुख हरण यादव
लमही, १३ जेष्ठ – नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ ले बिज्ञप्ति निकालेर बर्तमान विषम परिस्थितीमा देशमा तमाम बढेका बिसंगती, बिकृती एवम् सरकारको गैर जिम्मेवारपुर्ण कदमप्रती नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ को गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारद्वारा खोप लगायत सम्पुर्ण स्वास्थ्य सामाग्रीको तत्काल उचित प्रबन्ध गर्न माग गरिएको छ ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ का सभापती भेषराज पाण्डेद्वारा हस्ताक्षरित बिज्ञप्तिमा कोरोनाका कारण भयवाह अवस्था भएकोको बर्तमान परिस्थितिमा नागरिक एक्लिएको महसुस गर्दै एक्लै कोरोनाको सामना गरिरहेको तर यस्तो संकट्को समयमा सरकार आफ्नो नागरिकप्रती जवाफदेहि बन्नुको साटो कुर्सीमा बसेर कुर्सी जोगाउने खेलमा केन्द्रीत रहनु लाज मर्दो कुरा रहेको छ ।
बिज्ञप्तिमा अघिल्लो बर्ष आम नागरिकलाई थिलोथिलो पारेको कोरोनाको दोस्रो लहरपनि आउन सक्ने र यसको प्रभाव भयंकर हुन सक्ने कुरा बिज्ञहरुले पुर्ब सुचित गर्दा गर्दै पनि सरकार त्यसको बिरुद्ध कुनै पनि प्रकारको पुर्व तयारी नगर्नु र खोपको समेत ब्यवस्था गर्न नसक्नु सरकारको चरम लापरवाहीको पराकाष्ठा हो । यस्तो प्रकारको गैर जिम्मेवारपुर्ण कदम र सरकारको उदासिनता बिल्कुलै क्षमादायी नभएको लेखिएको छ ।
त्यसैगरि कोरोनाको कारणले सरकारद्वारा जारी गरिएको लकडाउनले कालोबजारी बढेको, स्वास्थ्य सामाग्री खरिदमा व्यापक कमजोरि गरिएको, ज्याला मजदुरि गरेर दैनिक जीवन गुजारा गर्ने परिवारलाई बेवास्ता गरेको, ऋण लिएर पेशा ब्यबसाय सञ्चालन गरेकाहरुको लागि कुनै पनि प्रकारको बित्तिय तथा खाद्यान्न राहतको ब्यवस्था गर्न नसक्ने सरकारलाई कर किन र के को लागि तिर्ने भन्ने प्रश्न चिन्ह उठ्न सक्ने जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
सभापती पाण्डेले बिज्ञप्तिमार्फत सरकारद्वारा जारी गरिएको निशेधाज्ञा तथा स्वास्थ्य मापदण्ड पालना गर्न सबै नागरिकलाई अनुरोध गर्दै कोरोना भाइरसका कारण अकालमा ज्यान गुमाउनु हुने दिवांगतहरुमा हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै कोरोनाको कारण बिरामी भै अस्पताल, आइसोलेसन, होम आइसोलोसनमा रहेका बिरामीलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *