Monday, April 27सत्यम खबर
Shadow

स्वास्थ्यकर्मीको मनोबल बढाउन मेयर पुगे अनूगमनमा

नेपालगन्ज, २२ बैशाख – नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि भईरहेका कामहरुको अनुगमन गर्नुभएको छ । उहाँहरुले विभिन्न स्थानमा पुगेर भईरहेको कामको स्थलगत जानकारी लिई स्वास्थ्यकर्मी सहित अन्य कर्मचारीहरुको मोवल बढाउनु भएको छ ।
नगर प्रमुख डा. राणाले शिक्षण अस्पताल नेपालगन्जमा पुगेर संक्रमितहरुको अवस्थाको बारेमा जानकारी लिनुभयो । बुधबार उपप्रमुख उमा थापा मगरले नेपालगन्जस्थित जमूनाह नाकामा पुगेर त्यहाँको अवस्था बारे जानकारी लिनुभएको छ ।

फाईल फोटो


थापाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीसँग आवश्यक छलफल गरी सीमा नाकामा आवागमन व्यवस्थित गराउन र स्वास्थ्य मापदण्ड पूर्ण पालनाका लागि आग्रह गर्नुभयो । होल्डिङ्ग सेन्टरमा पुगेर पनि उपप्रमुख मगरले त्यहाँको अवस्था बारे जानकारी लिनुभयो । सीमामा भारतबाट भित्रिनेहरुलाई नयाँ मास्क दिने गरिएको छ ।
सेनिटाईजर सहित उनीहरुको ज्वरो जाँच समेत गरिन्छ । सीमामै एन्टिजिन जाँच समेत हुने गरेको छ । भारतबाट भित्रिनेहरुलाई सीमामा निशुल्क पिउने पानीको ब्यवस्था गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले विभिन्न संघसंस्थाको सहयोगमा सीमानाकामा व्यवस्थित आवागमनका लागि पहल गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *