नेपालगन्ज, २४ चैत्र – नेपालगन्जकाे पासाङ्लाम्हुराेडस्थित एक औषधी पसलमा आगलागी हुँदा लाखौंको क्षति भएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा न १० पासाङल्याहमु राेडस्थित श्री औषधी पसलमा भएकाे आगलागीबाट ८० लाख बराबरकाे क्षति भएकाे हाे ।
बिधुत सर्ट सर्किट भएर भएकाे आगलागीमा पसलमा रहेकाे सम्पूर्ण औषधी नष्ट भएकाे संचालक अरफास सिद्वकीले जानकारी दिनुभयाे ।
मंगलबार साँझ करिब साढे सात बजे भएकाे आगलागीलाई स्थानीय बासिन्दा, प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाकाे दमकलकाे सहयाेगमा नियन्त्रणमा लिईएकाे थियाे ।