Friday, April 17सत्यम खबर
Shadow

ताललाई ताल कै रूपमा संरक्षण हुनुपर्ने प्लेकार्डसहित सैयाैं स्थानियबासीद्वारा प्रदर्शन

नेपालगन्ज, १८ चैत – क्रिकेट स्टेडियम लगायतकाे निर्माण कार्य गरिने वा ताललाई संरक्षण गर्ने विषयमा विगत केही महिनादेखि विवादित बन्दै आएकाे ऐतिहासिक फुल्टेक्रा तालकाे अवलाेकन आज बुधबार उच्च अदालत तुसलीपुर बाँकेका न्यायमुर्तिद्वयले गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्थित रहेकाे फुल्टेक्रा ताल हाे वा समथल भुभाग हाे भनी विगत एक साता अगाडि उच्च अदालत तुलसीपुर बाँकेबाट गरिएकाे आदेशानुसार आज बुधबार वरिष्ठ न्यायमुर्तिद्वय रत्नबहादुर बागचन्द र राजेशकुमार काफ्लेलगायतकाे टीमले फुल्टेक्रा तालकाे अवलाेकन गरेका छन् ।

उक्त अवलाेकन न्यायमुर्तिद्वयलगायतकाे टीमले गरिरहँदा तालकाे संरक्षण ताल कै रूपमा हुनु पर्ने पक्षमा रहेका सैयाैं स्थानियबासीहरूले अवलाेकन पक्ष समक्ष आफ्नाे उपस्थिति जनाएका थिए ।
उपस्थित भएका सैयाैं वडाबासीहरूले ताललाई संरक्षण सम्बर्धन गर्नुपर्ने लेखिएकाे पर्चा पम्प्लेट टाँसी लाईनबद्ध भाइ अवलाेकनकर्ता टीमलाई ताल संरक्षण हुनुपर्ने सन्देश प्रवाह गरेकाे देखिन्थ्याे ।

स्मरण रहाेस कि. नं. ५१५ र २२९ मा रहेकाे फुल्टेक्रा तालले पुरानो इतिहास बाेकेकाे पाईन्छ ।
साेही तालमा वर्षाैदेखि मुस्लिम धर्मावलम्बीहरूले आफ्नाे कर्बला सेलाउने गरेका छन् भने हिन्दु धर्मावलम्बी कुम्हार वर्गले आफ्नाे जीविकाेपार्जन गर्नलाई साेही तालबाट माटाे खन्ने र साेही बाटाेबाट विभिन्न भाँडा, वर्तन, खेलाैना, दियाेलगायत सामान निर्माण गरि बिक्री वितरण गर्दै आईरहेकाे स्थानिय कुम्हार वर्गका अगुवाहरूले बताउँछन् ।

२०७६ सालमा नेपालगन्ज उपमहानगरपालिका द्वारा खेलप्रेमीहरूलाई खेल मैदान उपलब्ध गराउने भनी जग्गा खाेज्न वडा नं. २ का वडाअध्यक्ष सुनिलसिंह हमालकाे नेतृत्वमा टीम गठन गरेकाे थियाे । साेही टीमकाे प्रतिवेदनकाे आधारमा क्रिकेट स्टेडियमकाे लागि फुल्टेक्रा ताललाई छनाैट गरिएकाे कुरा सार्वजनिक गरिएकाे थियाे ।

उक्त प्रतिवेदन सार्वजनिक भएपछि नेपालगन्ज उपमहानगरपालिका र ६ नं. वडा कार्यालयले फुल्टेक्रा तालमा क्रिकेट स्टेडियम लगायतकाे संरचना निर्माण गरिने सहमति गरेका थिए । साेही सहमति पश्चात २०७२ सालमा जिल्ला अदालत (हाल उच्च अदालत तुलसीपुर बाँके) द्वारा नेपालगन्ज उपमहानगरपालिकाले तालकाे संरक्षण गर्न दिएकाे आदेशकाे अवहेलना नेपालगन्ज उपमहानगरपालिकाले गरेकाे तथा साे ताललाई ताल कै रूपमा संरक्षण गर्नुपर्ने भनी मुद्दा ताल संरक्षण समितिद्वारा दर्ता गरिएकाे थियाे ।

साेही मुद्दामा परमादेश जारी गर्दै उच्च अदालत तुलसीपुर बाँकेले निर्माण कार्य तत्काल राेक्न आदेश नेपालगन्ज उपमहानगरपालिकालाई गरेकाे थियाे । साेही आदेशानुसार तत्काललाई माटाे पटाललगायतकाे कार्य राेक्का गरि हाल मुद्दा विचाराधिन रहेकै अवस्थामम एक साता अगाडि न्यायमुर्तिद्वारा ताल अवलाेकन गरिने आदेशानुसार आज बुधबार स्थलगत टीमद्वारा अवलाेकन गरिएकाे थियाे ।

उक्त अवलाेकन टीममा नेपालगन्ज उपमहानगरपालिकाका तर्फबाट अधिवक्ता लाेकबहादुर शाह तथा ताल संरक्षण समितिका तर्फबाट अधिवक्ता रामकुमार दीक्षितलगायतकाे टीम अवलाेकनमा सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *