
नेपालगन्ज, १९ चैत – जानकी गाउँपालिका वार्ड नं.–५ बेलहरीमा राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागी आम औषधी बितरण अभियान अन्तर्गत बेलहरी स्वास्थ्य चौकीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको छ ।
जस अन्तर्गत महिला स्वास्थ्य स्वयं सेविकाहरुले औषधी बितरण अभियानको अभिमुखीकरण जानकी गाउँपालिका वार्ड नं.–५ को विभिन्न ५ स्थानमा सरोकारवालाहरुसँग अन्तत्र्रिmया तथा लक्षित वर्गलाई कसरी बढी भन्दा बढी औषधी सेवनमा सहभागी गराउन सकिन्छ भनेर छलफल गरिएको थियो ।

हात्तीपाइले रोग बिरुद्ध आम औषधी बितरण तथा यसका चुनौती र समाधानका उपायहरु सम्बन्धि पनि छलफल गरिएको थियो । सो अन्तत्र्रिmया कार्यक्रममा विभिन्न सरोकारवाला महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
बेलहरी स्वास्थ्य चौकीका इन्चार्जका अनुसार सो अन्तत्र्रिmया कार्यक्रममा औषधी खानु पर्ने समूह र औषधी नखानु पर्ने समूह, औषधी सेवन यसका प्रतिअसरको बारेमा पनि छलफल गरिएको थियो । बेलहरी स्वास्थ्य चौकीले यही चैत्र २० गते देखि वडा नं.५ को विभिन्न गाउँ बस्ती टोलमा गएर औषधी खुवाउने कार्यक्रम राखेको छ ।

