
२०७७ चैत १४ गते
बाँके जिल्लाबाट प्रकाशित हुँदै आएको समाज जागरण साप्ताहिक पत्रिकाले आफ्नो १३ औं वार्षिकोत्सव चैत्र १२ गते दिन भब्य रुपमा सम्पन्न गरेको कुरा सबैमा सर्वविदितै रहेको छ । यस टीम मार्फत मनाईएको १३ औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण विज्ञापन दाता तथा पाठक वर्गमा सहर्ष जानकारी गराईरहेको थियो । समाज जागरण साप्ताहिक अन्य पत्र–पत्रिका सरह नै विभिन्न आरोह–अवरोह पार गर्दै यस क्षेत्रबाट नियमित साप्ताहिक रुपमा प्रकाशित हुँदै आएको छ । हाम्रो लक्ष्य हो सामाजिक सद्भाव कायम राख्नु, नागरिकलाई सूसुचित राख्नु र जातीय विभेदको अंत गर्नु । देशमा नयाँ जारी संविधान २०७२ बाट सबै वर्गले बराबरीको हक अधिकार पाउने र उनीहरुको भाषा, संस्कृतिको विकास हुने अपेक्षा लिएको थियो । तर जारी नयाँ संविधानबाट अधिकांश वर्गको हक अधिकार सुरक्षित नभएको कता–कता अनुभूति हामी तपाई सबैलाई भएको पाईन्छ, कारण जे सुकै होस् । तमाम जातिको भाषा, संस्कृतिको अपहेलना गरिएको छ । यसै मध्येको एक भाषा हो अवधी भाषा । यो भाषा आजदेखि लाखौं वर्ष पहिले अर्थात त्रेता युगदेखि बोलिन्दै आएको भाषा हो । तर नेपालमा यो भाषाको विकास गर्ने कार्य सरकारी स्तरबाट जुन तवरले हुनु पर्ने हो सो अनुसार भएको पाईन्न । यस कारण अवधी भाषाको विकासको लागि यस समाज जागरण साप्ताहिकले विशेष पहलहरु गरेको छ ।
यस पत्रिकाले हरेक हप्ता प्रकाशित हुने अंकमा ४ पेज अनिवार्य रुपले अवधी भाषामा लेख, रचना, गीत, कविता, गजल, संस्मरण आदि प्रकाशित गर्न शुरु गरिसकेको छ । जबसम्म अवधी भाषा अन्य भाषाको तुलनामा स्थापित हुँदैन यो अभियान जारी रहने हाम्रो संकल्प रहेको छ । अवधी भाषालाई जन–जनसम्म पु¥याउन आफ्नो १३ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा यस पत्रिकाले बाँके जिल्लामा पत्रकारिताको जग हाल्ने व्यक्तित्व मातृभूमि साप्ताहिक पत्रिकाका सम्पादक÷ प्रकाशक स्व. प० योगेश्वर प्रसाद मिश्र “वैद्य” जी र बाँके जिल्लाबाट नै लामो समयसम्म आदर्श मञ्च साप्ताहिक पत्रिका प्रकाशित गर्दै पत्रकारिता क्षेत्रको विकासको लागि कार्य गर्ने व्यक्तित्व स्व. राधेश्याम शर्मा तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी मो. लियाकत अली सिद्दिकी ज्यूको कदर सम्मान गर्ने कार्य गरी अग्रज पत्रकारहरुको सम्मान गरिरहेका छौं । यस अघि केहीहरुले आफ्नो व्यक्तिगत तथा राजनीतिक स्वार्थ साधी बाँके जिल्लामा पत्रकारिताको जग हाल्ने व्यक्तित्वलाई इतिहासको पानाबाट हटाउने कलुसित प्रयास गरेकोले यहाँ पत्रकारिताको इतिहास गलत ढंगबाट आम पाठक वर्ग माझ पुगाउने प्रयास गरेको पाईन्छ । यस्तो कार्य बदनियतपूर्ण छ, यस्तो मानसिकता भएकाहरुको कुटिल चालहरु यस पत्रिकाले पुरा हुन दिँदैन । अब नयाँ तरिकाले अनुसन्धान गरी बाँके जिल्लाको पत्रकारिताको इतिहास लेखनी गर्ने हाम्रो लक्ष्य छ ।
आज १३ औं वार्षिकोत्सव मनाईरहेको अवसरमा हामी हाम्रा विज्ञापनदाताहरु प्रति समेत कृतज्ञता व्यक्त गर्न चाहान्छौं । उहाँहरु सञ्चार जगतमा सदैव अग्रणी स्थानमा रहने छन् भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन । हाम्रो सानो प्रयासलाई समेत उहाँले दिएको योगदानले गर्दा आम पाठक माझ फुलको सुगन्ध झैं बासना दिन सफल भएको छ । यस साप्ताहिकमा आफ्नो आमूल्य समय दिएर कार्यरत कर्मचारीहरुप्रति समेत कृतज्ञता प्रकट गर्दछु । उहाँहरुले यस पत्रिको लागि अहोरात्रीसम्म खटि जुन प्रकारले कार्य गरिरहेका छन् यो कुरा सदैव अविस्मरणीय रहने छ। यस वार्षिकोत्सवको अवसरमा उहाँहरुको साथ र सहयोगले आउने दिनमा समेत उचित सम्मानका साथ हातेमालो गरी अगाडी बढ्ने प्रतिबद्धता समेत दोहो¥याउन चाहन्छु ।
अतः अन्त्यमा यस पत्रिकाबाट आबद्ध कर्मचारी, विज्ञापनदाता, पाठक वर्ग, समय–समयमा आफ्नो आमूल्य समय खर्चि लेख, रचना तयारी गर्ने लेखक वर्ग, शिक्षा प्रेमी, व्यापारी वर्ग, जनप्रतिनिधि वर्ग सम्पूर्णमा १३ औं वार्षिकोत्सवको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्न चाहन्छु । आज यस १३ औं वर्षको सुखद अवसर तथा आउने फागु पूर्णिमाको रंगारंग पर्व होलीको समेत सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु । आउने दिनमा समेत तपाई सबैजना स्नेह र सल्लाह, सुझाव बराबर पाईन्छ भन्ने आशा र विश्वासका साथ समाज जागरण साप्ताहिक सदैव दबेको, कुल्चिएको, पिछडिएको, शोषित, पीडितको आवाज बन्ने प्रयास गर्ने छ । यो कार्य जारी राख्ने कुरामा हाम्रो टीम संकल्पबद्ध छ । यसको लागि हामीलाई तपाईहरुको सहयोग र सुझावको आवश्यकता रहन्छ । धन्यवाद । (स्रोतः समाज जागरण साप्ताहिक)

