
नेपालगन्ज, ८ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेको प्रतिनिधि सभा विघठनविरुद्ध नेपालगन्जमा विरोध सभा निकालिएको छ । केन्द्रको परिपत्र अनुसार देशभर भइरहेको विरोध सभाका क्रममा बिहीबार नेपाली कांग्रेस नगर वडा कार्य समिति नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले विरोध सभा प्रदर्शन गरेको हो ।
नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य प्रदीप शाहको संयोजकत्वमा भएको विरोध सभालाई सम्बोधन गर्दै संयोजक शाहले देशका राष्ट्राध्यक्षको जिम्मेवारी पाएको व्यक्तिले पार्टीको कार्यकर्ता जस्तो शैलीले संविधानमा हुँदै नभएको कुरालाई प्रधानमन्त्रीको सिफारिसमा केही क्षणमै सदर गर्नुले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको खिल्ली उडाउने काम गरेको बताए । उनले प्रश्न गर्दै भने, “विद्यादेवी भण्डारी पार्टीको कार्यकर्ता हो कि राष्ट्रपति ?”
पार्टीभित्रको कलहका कारण राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले जनताको भावना िवपरीत संवैधानिक “कू” गरे पनि न्यायपालिकाले लगाम लगाउने विश्वास आफूले लिएको बताउँदै शाहले भने, “नेपाली कांग्रेस न्यायका आधारमा चल्ने पार्टी हो र न्यायपालिकाले न्याय दिनेमा हामी विश्वस्त छौं ।”
नेपालको नायक नेपाली जनता भएको भन्दै उनले कम्युनिष्टहरुको अशली चरित्रलाई जनताले मूल्याङ्कन गर्नुपर्ने बेला आएको बताउँदै संयोजक शाहले भने, “प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्कि कदमविरुद्ध नेपाली कांग्रेस र आम नागरिकले हातेमालो गर्नुको विकल्प छैन ।” दुई तिहार बहुमतमा रहेको पार्टीले चालेको असंवैधानिक कदमविरुद्ध अहिले नै केही नगरे भोलिका दिनमा झनै भयावह स्थिति आउने उनले धारणा राखे ।
नेपाली कांग्रेसका पूर्व सांसद भोला अहमद सिद्धिकी, जिल्ला सदस्य माया पुन मगर, वडा कार्यसमितिका पदाधिकारी तथा सक्रिय सदस्यको सहभागिता भएको विरोध सभामा पूर्व सांसद भोला अहमद सिद्धिकी, जिल्ला सदस्य माया पुन मगरलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
यसैगरी, संसद विघटनको असंबैधानिक कदम विरुद्ध नेपाली कांग्रेसले आज विहिबार वडास्तरमा विरोध सभा गरेको छ । कांग्रेस डुडुवा गाउँपालिकाले वार्ड नंं १ देखि ६ सम्मका सबै वडामा छुट्टाछुट्टै विरोध सभा सम्पन्न गरेको छ ।
वार्ड नंं. ४ कार्यसमितिले आयोजना गरेको सभामा क्षेत्र नं. २ का सभापति रमेश गुप्ताले मुलुकमा राजतन्त्रको हुकुमी शासन विरुद्ध लडेको एक मात्र पार्टी कांग्रेस भएकाले सम्पुर्ण नेपाली जनताको हितमा लाग्ने यो पार्टी भएको बताउनुभयो ।
उहाँले पछिल्लो अवस्थामा विभिन्न नारा, लोभ लालच तथा मुद्दाको उठाउने क्षणिक रुपमा स्थापना भएका पार्टीले सत्ता, भ्रष्टाचारमा लुप्त भई मतदातालाई मुर्ख मात्र बनाएको टिप्पणी गर्नुभयो । उहाँले शुसिल कोइरालाको नेतृत्वमा आएको संबिधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगरेकोप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले राजनितिक विखण्डन निम्त्याएको बताउनुभयो ।
सभामा पार्टी महाधिबेशन प्रतिनिधी निजामुद्दिन अन्सारी, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, क्षेत्रीय सदस्य हलिम खान, पुर्व इकाइ सभापति हनिफ खाँ लगायतले बोल्नुभएको थियो ।
विरोध सभामा वार्ड नंं. ४ अन्तर्गत विभिन्न गाउँ टोलका सक्रिय तथा अन्य कार्यक्रताहरुको सभागिता रहेको थियो ।




