Saturday, April 18सत्यम खबर
Shadow

संघको स्थापना दिवसमा विविध कार्यक्रम

नेपालगन्ज, १६ पौष – नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेको ५३ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरिएको छ ।
सोही अन्तर्गत आज विहिबार रक्तदान कार्यक्रमको आयोजना गरि बृहत रक्तदान कार्यक्रम हाल गरिंदै छन् ।

यस अगावै बुधबार साईकल दौड प्रतियोगिता सम्पन्न गरिएको थियो । ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ साईकल दौड प्रतियोगिता सम्पन्न गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले जानकारी दिनुभयो ।


प्रतियोगिता नेपालगन्जको वि.पि. चोकदेखि शुरु भई बाँकेको गनापुर हुदैँ पुनः वि.पि.चोक (२० किलो मिटर) सम्मको दुरीमा सञ्चालन भएको अध्यक्ष मन्सुरीले बताउनुभयो ।
अध्यक्ष मन्सुरीका अनुसार आज गरिएको रक्तदान कार्यक्रम पछि हाज भोलि शुक्रबार पूर्वअध्यक्ष, संस्थापकहरुलाई सम्मान गरिने कार्यक्रम गरी संघको ५३ औं स्थापना दिवसको समापन गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *