Thursday, March 12सत्यम खबर
Shadow

अपडेटः कोरोना संक्रमणले धनगढीका ३५ वर्षिय पुरुषको बाँकेमा मृत्यु

नेपालगन्ज, २१ मंसिर – कोरोना संक्रमणका कारण थप एक जना धनगढी उपमहानगरपालिका वडा नं. ६, कैलालीका ३५ वर्षिय पुरुषको मृत्यु भएको छ ।
मृतकको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा आईतबार बिहान ४ः१५ बजे मृत्यु भएको छ ।


मृतकमा कोभिड–१९ को लक्षणका कारण मंसिर १५ गते नमूना संकलन गरिएको र सोही दिन मंसिर १५ गते नै नमूनाको परिक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।
मृतकको स्वास्थ्यमा समस्या आए पछि मंसिर १५ गतेदेखि नै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरि रेडमिडिसर, प्लाज्मा लगायत स्पोर्टिङ्ग विधिबाट उपचार गर्दागर्दै आज आईतबार बिहान ४ः१५ बजे मृृत्यु भएको अस्पताल स्रोतबाट जानकारी गराईएको छ ।
यो सँगै बाहिर जिल्लाबाट बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको मृत्यु हुने संख्या ६२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *