
काठमाण्डौ २० मंसिर – पछिल्लो २४ घण्टामा देशभर १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमा ४ सय २ महिला र ६ सय २२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टा मै देशभर २ हजार २ सय ६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

सो बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ भने निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेको छ ।
यस्तै देशभर सक्रिय संक्रमित १४ हजार २ सय ५५ जना रहँदा निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।
हालसम्म कोरोनाबाट कुल १ हजार ५ सय ७७ जनाले ज्यान गुमाउँदै अझै पनि ५ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् ।
