
काठमाडौं, १८ मंसिर – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमका अनुसार थप १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ११ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ ।
