
नेपालगन्ज, ४ असोज – संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा १२ औंं पटक आयोजित वृहत रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी, पर्यटन व्यवसायी, योग अभियान्ता, समाजसेवी, शिक्षक, विद्यार्थी गरी १५ जना महिला १ सय ५ जनाले उत्साहका साथ रक्तदान गरेका छन् ।
ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको संयुक्त आयोजनामा १ सय ५ जनाले रक्तदान गरेका हुन ।
ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालद्वारा सञ्चालित कार्यक्रममा बाँके जिल्लाका निवासी वरिष्ठ रक्तदाता तथा शतक रक्तदाता १ सय १ पटक रक्तदान गरी सकेका पवन जायसवाललाई ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका नगर प्रमुख तिलकराम लम्साल र उप(प्रमुख बीना कुमारी भट्टराईले अबीरका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
बाँकेका वरिष्ठ रक्तदाता तथा शतक रक्तदाता पवन जायसवालले ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल र उपप्रमुख बीनाकुमारी भट्टराईलाई रगत संकलन पाकेट हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।
ठाकुरबाबा नगरपालिका वार्ड नं. १ भुरीगाउँ स्थित आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा नगर प्रमुख तिलकराम लम्साल (छैठों पटक), उप(प्रमुख बीना कुमारी भट्टराई (आठौंपटक) र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले (सातौं पटक) रगत दिएर कार्यक्रमको शुरुआत गर्नु भएको थियो ।
उक्त रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद ज्ञवाली, ओमबहादुर रानाक्षेत्री, बिकास गुरुङ्ग, जयप्रसाद पौडेल, पे्रमप्रसाद उपाध्याय, शिवप्रसाद पंगेनी, कुमारप्रसाद सापकोटा, रबिन्द्र अर्याल, सर्वराज भारती, अनिलकुमार थारु, पदमबीर थापा, बीरेन्द्र खडका, नवराज रानामगर, गोबिन्द रावत, अनूपकुमार थारु, बिकास केसी, शेरबहादुर डाँगी, राजेन्द्र बस्नेत, नागिरत चौधरी, धिरज रोकाया, जीवनकुमार कडेल, शैलेस खनाल, घनश्याम रिजाल, राजेश थापा, गंगनसारा आचार्य, अन्जना खुनाहा, बामदेव ढकाल, अनुराज थारु, सुनील पोखरेल, सीता कुमारी भण्डारी, दिर्घप्रसाद देवकोटा, सुनील चन्द, धु्रवराज बम, निशा तिमिल्सिना, नवराज ढुंगाना, कृष्णा थारु, हीरालाल थारु, राजेशकुमार यादव, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँका महासचिव गोपाल निरौला, बिनयकुमार थारु, कृष्ण शाही भण्डारी, अजय दहित, चिरञ्जिवी चौधरी, सुजन सापकोटा, राजेश्वरी रावत, किशोरकुमार थारु, सुमन सापकोटा, गाणेश थापा, जगदीश शाही, लिलाराम खनाल, भक्तबहादुर थारु, सीताकुमारी थारु, संगीता मगराती, चुडामणि चौधरी, रामदयाल चौधरी, गोपीराम थारु, प्रेम आचार्य, आधारभूत नगर अस्पतालका ब्यवस्थापक बेदप्रकाश भण्डारी, पे्रमराज ढुंगाना, जितेन्द्र डंगौरा, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका केन्द्रिय सदस्य चन्द्रमणि पौडेल ३८ औं पटक, साबित्री पाण्डे, बाबुराम थारु, सन्यमाया थिङ्ग, गणेश कुँवर, पहरी थारु, रामलाल थारु, दिलबहादुर कुमाल, लालबहादुर रावत, मनोज खडका, पूर्णबहादुर चन्द, दिपक महतरा, तर्क भण्डारी, राजा थारु, पूर्णप्रसाद उपाध्याय, हस्तबहादुर बिक, उपेन्द्र भण्डारी, शर्मिला थारु, राजकुमार कडेल, रबिनकुमार बैद्य, देवेन्द्र जोशी, भिक्खुराम थारु, बिनोद लम्साल, शंकर लम्साल, लक्ष्मणप्रसाद रेग्मी, हरिराम थारु, साधना थारु, भागीमन्त रोकाया, रामदयाल थारु, तेजकुमारी थापाक्षेत्री, जयबहादुर कठायत, राजेशकुमार बजगाईं, घन श्याम लम्साल, श्रीराम थारु, संदेश शाही, अंगानु थारु, दानबहादुर बोहरा, सुन्दरी थारु, कालुराम थारु, ऐनराम थारु, सूर्यमणि भण्डारी, गोपाल थारुलगायत १ सय ५ जनाले रक्तदान गरेका थिए ।
यसैगरी सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्यले बर्दिया जिल्लाभरि रक्तदान कार्यक्रम गराउन जग हाल्नु भएको छ उहाँको ठूलो योगदान रहेको छ । जिल्ला सचिव श्यामलाल थारु प्रतिक, ठाकुरबाबा नगर समितिका अध्यक्ष छविलाल लम्साल, ईलाका प्रहरी कार्यालय बगनहाका प्रमुख प्रहरी निरीक्षक उत्तम जिसी, ठाकुरबाबा नगरपालिका, आधारभूत नगर अस्पतालका कर्मचारी, स्वंसेवी रक्तदाताहरुको सक्रिय सहभागिता रहेको थियो ।
सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका राजेन्द्र महतरा, रामभक्त लम्साल, महेश राना क्षेत्री, केशर सिंह डाँगी र नेपाल रेडक्रस सोसाइटी बर्दिया मधुवन “ख ” उपशाखा सानोश्रीका रामकुमार वर्माले प्राविधिकमा र अन्यमा ठाकुरबाबा नगरपालिका का स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद ज्ञवाली, साधना थारु, जमुना भण्डारी, मणिकला पाण्डे, आधारभूत नगर अस्पतालका ब्यवस्थापक बेदप्रसाद भण्डारी लगायतले कार्यक्रममा सहयोग गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, थारु समुदाय विकास मञ्च, औषधी व्यवसायी संघ, विकासप्रेमी युवा समूह भुरीगाउँ, लायन्स क्लब अफ भुरीगाउँ, नारी एकता शक्ति, केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ, ठाकुरबाबा सञ्जाल, ठाकुरबाबा बडघर सञ्जाल, ठाकुरबाबा स्वयंसेविका सञ्जाल, ठाकुरबाबा बन उपझोक्ता महासंघ, चुरे क्याम्पस बगनाहा, मनुषा टिका सिंह थापा बहुमुखी क्पाम्पस भुरीगाउँको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।