Friday, March 14सत्यम खबर
Shadow

हिन्दुवादीहरु राजनीतिक रुपमा सशक्त हुनुपर्ने आवश्यकता : विनय यादव

नेपालगन्ज, २ ज्येष्ठ – बाँके जिल्लाको नेपालगन्जमा राष्ट्रिय एकता अभियानको महत्वपूर्ण जिल्ला सम्मेलन सम्पन्न भएको छ । अभियान सो सम्मेलनले संघीय हिन्दू गणतन्त्रको स्थापना, चिनियाँ  विस्तारवाद र इस्लामिक अतिवाद विरुद्ध चेतना जगाउने उदेश्यले आयोजना गरेको बताएको छ।

सम्मेलन जिल्ला संयोजक राजकुमार रौनियार को अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय अध्यक्ष विनय यादवको उपस्थिति रहेको थियो ।विशिष्ट अतिथिमा समाजसेवी किशोर लामा  लगायतको उपस्थिति थियो।

नेपालमा हिन्दू गणतन्त्र स्थापना गर्न अभियानले सशक्त आन्दोलन गरिरहेको छ। सम्मेलनमा हिन्दू धर्मको महत्व र नेपालको राष्ट्रिय पहिचानमा यसको भूमिकाबारे प्रकाश पारिएको थियो ।

सम्मेलनमा अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले भने, “अभियान नेपालको अखण्डता, संस्कृति र स्वाधीनताको रक्षा गर्न प्रतिबद्ध संस्था हो, हामी समृद्ध र शक्तिशाली हिन्दू राष्ट्र निर्माण गर्न अथक प्रयास गरिरहेका छौं, र हामी गर्नेछौं। कुनै पनि विदेशी शक्तिलाई हाम्रो देश कमजोर हुन नदिने ।”जिल्ला जिल्लामाँ हिन्दूमाथि आक्रमण भई रहेको छ त्यसको बिरुद्धमा कुनै राजनीतीक दल दखल दी रहेको छैन, देशको सम्पूर्ण राजनैतिक दल हिन्दू बिरोधी रहेको अब सम्पूर्ण हिन्दूवादीहरुले हिन्दुवादी राजनैतिक दल को निर्माणमा जुटनूको बिकल्प नरहेको प्रकाश पार्नु भयो।हिन्दूवादीहरु समाजिक रुपमा अति सक्रिय रहेको र अब राजनैतिक रुपले सशक्त हुनुपर्ने बताउनु भयो।

त्यस्तै, अभियानले चीनको बढ्दो क्षेत्रीय अतिक्रमण र इस्लामिक कट्टरपन्थी विरुद्ध निरन्तर आवाज उठाइरहेको छ। सम्मेलनमा यस्ता खतराका बारेमा जनचेतना जगाउने र त्यसको सामना गर्ने रणनीति बनाउने विषयमा छलफल भएको थियो ।

जिल्लामा अभियानको आदर्शको प्रचारप्रसार र सङ्गठनलाई बलियो बनाउनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *