Friday, March 21सत्यम खबर
Shadow

बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

काठमाण्डौ, १ ज्येष्ठ – भारतको बिहार राज्यका पूर्व उपमुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ।

७२ वर्षीय मोदी पछिल्लो समय उनी क्यान्सरसँग लडिरहेका थिए। बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले ट्वीटर (एक्स)मा उनलाई श्रद्धाञ्जली दिएका छन्।

केही दिन अगाडि मात्र मोदीले ट्वीटर गर्दै आफू क्यान्सरसँग ६ महिनादेखि लडिरहेकाले लोकसभा चुनावका लागि धेरै काम गर्न नसक्ने बताएका थिए।

सन् १९७१ बाट विद्यार्थी राजनीति हुँदै उनी भारतको राजनीतिमा प्रवेश गरेका थिए। २०१७ उनी बिहारको उपमुख्यमन्त्री बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *