Sunday, June 21सत्यम खबर
Shadow

केन्द्रिय अध्यक्ष कर्माचार्यद्वारा १७७ औं पटक रक्तदान

नेपालगन्ज, २६ माघ – नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपाल कै सर्वाधिक रक्तदाता, “रक्तदाता सम्राट”, “राष्ट्रिय रक्त नायक”, “रगत महानायक” प्रेमसागर कर्माचार्यले डडेल्धुराको बाग बजारमा १ सय ७७ औं पटक माघ २६ गते शुक्रवार रक्तदान गर्नु भएको छ ।


नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपाल कै सर्वाधिक रक्तदाता, “रक्तदाता सम्राट”, “राष्ट्रिय रक्त नायक”, “रगत महानायक” लगायत अन्य बिभिन्न बिभूषणबाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले १७७ औं पटकको रक्तदान गरी डडेल्धुराको बाग बजारमा रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभयोे ।
यस अघि उहाँले बाँकेमा रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिकाको आयोजनामा कार्तिक १० गते शुक्रवार १७६ औं पटक रक्तदान गर्नु भएको थियो ।


नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुरा जिल्ला शाखा अध्यक्ष उपेन्द्र जोशीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा समाजका सल्लाहकार राजेन्द्र पनेरूले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई खादा तथा दोसल्ला ओढाएर सम्मान गर्नुको साथै सामुहिक मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *