Thursday, June 12सत्यम खबर
Shadow

कर्णाली विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न ।

संवाददाता, नेपालगन्ज। मध्य तथा सुदुरपश्चिमकै पहिलो बिकास बैंकको रुपमा स्थानीय स्तरमा बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको बाँके, बर्दिया र दाङ्ग जिल्लामा रहेका १९ वटै शाखा मार्फत घर-दैलोमै बित्तिय साक्षरताको लागि घर दैलो अभियान शुरु गरिएको छ । नेपालगन्ज, बाँकेको नेपालगञ्ज शाखाले नेपालगन्ज उप महा नगरपालिका वडा नम्बर १५ जमुनाह र भन्सार एरियामा घर-दैलो कार्यक्रम गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने बैंकका विभिन्न सेवा सुविधाको बारेमा जानकारी दिदैं बचतको महत्व, कर्जाको सदुपयोग, आधुनिक बैकिङ्ग प्रविधि प्रयोगको महत्व, दुरुपयोग (ठगी) बाट हुने बिभिन्न नकारात्मक पक्ष र यसबाट बच्न अपनाउनु पर्ने उपायहरूका बारेमा बित्तिय सचेतना दिईएको कर्णाली बिकास बैंक का प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाहले बताउनु भयो । अभियानमा पैसा के हो, पैसालाई कसरी सुरक्षित गर्ने, बैङ्किङ कारोबारको महत्व, सुरक्षित अनलाइन खाता, बचत केका लागि गर्ने, मोबाइल बैङ्किङ भौचर तथा चेक कसरी भर्ने लगाएतका विषय बारे बजारका सहभागी जनता माझ बैंकका प्रमुख संचालन अधिकृत हरिहर श्रेष्ठले सहजिकरण गर्नुभयो ।

डिजिटल बैंकको आवश्यकता बारे प्रष्टपार्दै बैंकका प्रमुख जोखिम अधिकृत, प्रबन्धक राजकुमार प्यकुरेलले पैसा बोक्दा हराउने चोरी हुने हुँदा जुनसुकै बेला मोबाइल बैङ्किङ मार्फत आवश्यक पैसा झिक्न र राख्न सकिने बताउनु भयो । अभियानबाट बैंकमा आउने सेवाग्राहीहरूलाई बैङ्किङ सेवा सम्वन्धी सचेतना दिन सकिने समेत अपेक्षा गरिएको प्रबन्धकले बताउनुभयो । उहाँले बैंकमा विभिन्न खाले सुविधा रहेकोभन्दै विद्यार्थी, विपन्नहरुले सुन्य पैसामै खाता खोल्न सकिने जानकारी दिनुभयो । साक्षरतामा सहभागी हरुले आफूहरूले वित्तीय साक्षरता कार्यक्रममा पैसा र बैंकको महत्व तथा सुरक्षाबारे जान्न पाउदा निकै खुशी भएको भन्दै आफुले जानेको कुरा आफ्ना छिमेकी र आफन्तहरूलाई सिकाउने बताउनु भयो । बैंकले आफ्नो सम्पुर्ण शाखा मार्फत यो अभियानलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने योजना रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *