Tuesday, April 21सत्यम खबर
Shadow

युवा संगठन बाँकेको आयाेजनामा चक्काजाम

नेपालगन्ज २८ श्रवण – राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेले नेपालगन्जको बिरेन्द्र चौकमा केहि बेर चक्काजाम गरि बिरोध प्रदर्शन गरेको छ ।
श्रावण २४ गते जनजाति दिवसको दिन पोखरामा केहि अराजक तत्व र महानगर समेतको मिलोमतोमा राष्ट्र निर्माता श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको सालिक (प्रतिमा) तोड़ फोड़ अपमान बिरुद्ध आज आईतबार रा.प्र.पा. युवा संगठन बाँकेको आयोजनामा अराजक तत्त्वहरूद्वारा गरिएको अपमान बिरुद्ध नारा बाजी र केहि बेर चक्का जाम गरेका थिए ।
सैयौको संख्यामा उपस्थित रा.प्र.पा.का नेता तथा कार्यकर्ताले इतिहास मेटना पाईदैन, नालायक सरकार चाहिदैन, राष्ट्रघाती दलाल मुर्दाबाद, अराजक तत्त्वहरू होशियार भन्दै नाराबाजी समेत गरेका थिए ।
युवक संगठन बाँकेले आयोजन गरेको कार्यक्रममा रा.प्र.पा. युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष अरुण शर्मा, लुम्बिनी प्रदेश उपाध्यक्ष नीतू चन्द, रा.प्र.पा. युवा लुम्बिनी प्रदेश अध्यक्ष हुकुम के.सी., युवा नेता रबि बर्मा, रा.प्र.पा. युवा अध्यक्ष युवराज शाही, नगर अध्यक्ष बिबेक गिरीका साथै केन्द्र, प्रदेश, जिल्ला, नगर रा.प्र.पा. निकट महिला तथा ट्रेड यूनियन समेतको नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो भने कुनै अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय बाँकेले ५० भन्दा बढ़ी नेपाल प्रहरी, ससस्त्र प्रहरी परिचालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *