
नेपालगन्ज, १९ श्रावण – नवौं बृहत तथा बर्दिया जिल्ला स्तरीय महिला बिशेष प्रथम रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्य सहित पाँच जनालाई बर्दियाको भुरी गाउँमा सम्मान गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्य १७५ औं पटक रक्तदान, केन्द्रिय सदस्य प्रवास शाक्य ७९ पटक, केन्द्रिय सदस्य प्रेमप्रसाद लम्साल ६५ पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकी कोषाध्यक्ष उमा मल्ल ३१ पटक, बाँकेका सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवालले ९६ पटक रक्तदान गर्नु भएकोमा सम्मान गरिएको छ ।
“रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ नवौंं पटक वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवार र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुबाबा नगर समितिको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बीना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्य, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक महेश रानाक्षेत्रीलाई हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गरेका थिए ।
जन स्वास्थ्य अधिकृत बिष्णु ज्ञवालीद्वारा सञ्चालित कार्यक्रममा ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवारकी नगर उपप्रमुख बीनाभट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नवौं बृहत रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्य १७५ औं पटक रक्तदान, केन्द्रिय सदस्य प्रवास शाक्य ७९ पटक, केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल ६५ पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकी कोषाध्यक्ष उमा मल्ल ३१ पटक, चन्द्रमणि पौडेल ३१ औं पटक, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, नगर उपप्रमुख बीना भट्टराई ५ औं पटक, बर्दियाका चर्चित कलाकार खगेन्द्र नेपाल १५ औं पटक, वडा नं. १ का वडाध्यक्ष तथा समाजका जिल्ला सचिव श्यामलाल थारु २७ औं पटक रक्तदान गर्नुभएको छ ।
यसरी रक्रदान गर्नेहरुमा समाजकी नगर समिति कोषाध्यक्ष जानकी पाण्डे, सरस्वती खत्री, बिजय कुमार सापकोटा, शिवप्रसाद, कृष्णप्रसाद थारु, समाजकी ठाकुरबाबा नगर समिति सदस्य प्रमिला चौधरी, लक्ष्मीप्रसाद रेग्मी, सरस्वती पोखरेल, हीरालाल थारु, धु्रवराज बम, पवन खडका, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिका अध्यक्ष छबिलाल लम्साल २१ औं पटक, गोपालबहादुर मगर, बिपिन पौडेल, अञ्जली अधिकारी, लालबहादुर थारु, गंगाराम खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगरपालिका अध्यक्ष बिनोदकुमार परियार, प्रकाश बिक, तारा अधिकारी, राजेश यादव, जीवन कडेल, मामराज खनाल, सुशील थारु, रामजनम थारु, सीता थारु, प्रकाश थारु, कष्णप्रसाद थारु, सञ्जु गिरी, अनिल थारु, जगत बहादुर बडुवाल, बोरबहादुर बोगटी, करान्तु रत्गैंया, बिश्वरथी योगी, सबिना थारु, पूजा सुनार, कृष्णा खडका, मञ्जु लामिछाने, बिजय खनाल, गणेशबहादुर थापा, रमेश चौधरी, बिकरालसिंह रत्गैया, सुष्मा खडका, माया बस्नेत, सम्झना आचार्य, अनिलकुमार थारु, रुपेशकुमार थारु, शिव कुमार, सागर चौधरी, रामबाबा सुवेदी, बाबुराम थारु, अनिता रानामगर, बिशाल सारुमगर, बडालु चौधरी, दोनी रानामगर, शिवलेश खनाल, सारु चौधरी, कृष्ण थारु, हेमराज, तेजमान थारु, मन्तराम थारु, डिनबहादुर, अरुनी थारु, चक्रबहादुर शाही, शान्ति चौधरी, प्रतिभा योगी, रामबहादुर थारु, आशा कुमारी थारु, तुलाराम चौधरी, गोपाल निरौला, नारायण रेग्मी, सालमा भण्डारी, समाजका ठाकुरबाबा नगर समिति सदस्य रमेश थापा, बिनिता चौधरी, बिनोद थारु, अमन थारु, पूजा परियार, निर्मला परियार, अरुण थारु, अनिलकुमार पौडेल, बिकास गुरुङ्ग, पे्रमराज ढुंगाना, सुशन भट्टराई, लक्षमण थारु, श्रवणकुमार थारु, हरिथारु, अम्बिका सुनार, कृष्ण मन्त बुढा अधिकारी, सुनिल चन्द, श्रीराम अनिल थार, राम दयाल थारु, दिपक थारु, बिकास भट्ट, फूलकुमारी चौधरी, पूर्णप्रसाद उपाध्याय, अंगानु थारु, चन्द्रमणि, सुनिता दुलाल, तिलक गडतौला, हेमनाथ योगी, राजकुमार कडेल, राजु थारु, सुरज थारु, सर्वराज भारती, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सदस्य चल्टुराम थारु, सञ्जय थारु, मानबहादुर चौधरी, निरजबहादुर शाही, कृष्णा भण्डारी, सिलमाया थारु, सुदिप सुनार, राहुल सुनार, हीरा भट्टराई, अभिनाष थारु, जीवन न्यौपाने, पे्रमचन्द्र थारु, सुशलि थारु, सुजन थारु, रेहान अहमद, राहुल थारु, पार्वती आचार्य, कपेन्द्र शाही, निरुकुमारी थारु, बिक्रमकुमार परियार, जोरासिंह थापा, घनश्याम लम्साल, जितबहादुर थारु, श्रीराम थारु, ज्ञानबहादुर थारु, सन्देश शाही, लोकेन्द्रबहादुर साउद, केसारा पौडेल, समाजका ठाकुरबाबा नगर समिति सदस्य खगेन्द्रबहादुर शाही, बाबुराम उपाध्याय, प्रमोदकुमार पण्डित, दिर्घ देवकोटा, दिलसरा भण्डारी, भगिमन्त रोकाया, पुष्कर न्यौपाने, अशीमकुमार पौडेल, रबिन्द्र अर्याल, बलबहादुर रत्गैंया, कुरराम थारु, सुरज थारु, दिपेन्द्र थारु, निरज पोखरेल, भीमबहादुर थारु, महानन्द न्यौपाने, किरन न्यौपाने, सुन्दरी चौधरी, आशिष दहित, हरिप्रसाद गौली, खेमराज ढकाल, प्रकाश कडेल, ओमबहादुर श्रेष्ठ, बलबहादुर खत्री, तिलकबहादुर खत्री, बामदेव ढकाल, जयबहादुर कठायत, रेशम चौधरी, हरिराम थारु, बिदुर केसी, रामजनम थारु, लोकबहादुर बुढाथोकी, तेजबन्धु लम्साल, लिलाराम खनाल, महेन्द्र पंगेनी, धनबहादुर बोहरा, फत्तेसिंह थारु राजबंशी, सबिता गुरुङ्ग, विप्रसाद तिमिल्सिना, कुमारप्रसाद सापकोटा, भीमप्रसाद ढकाल, ममता पाठक, सबिता उपाध्याय, खेमराज बस्याल, सुरेश बौडेल, राजु चौधरी, रामछेटयारी चौधरी, लखन थारु लगायत ४४ महिला सहित २ सय ७ जनाले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्य १ सय ७५ औं पटक रक्तदान, केन्द्रिय सदस्य प्रवास शाक्य ७९ पटक, केन्द्रिय सदस्य प्रेमप्रसाद लम्साल ६५ पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकी कोषाध्यक्ष उमा मल्ल ३१ पटक र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवालले ९६ पटक रक्तदान गरेकोमा, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जलाई ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, नगर उपप्रमुख बीना भट्टराईले सम्मान पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । भने सो अवसरामा ठाकुरबाबा नगरपालिकाकालाई प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका वरिष्ठ प्राविधिक उपेन्द्र रेग्मीले आयोजित रक्तदान कार्यक्रममा २ सय ७ जनाले रक्तदान गरेकोमा सम्मान पत्र प्रदान गरेका थिए ।
ठाकुरबाबा आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा सहआयोजकको रुपमा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, थारु समुदाय विकास मञ्च, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, औषधी व्यवसायी संघ, विकासप्रेमी युवा समूह भुरीगाउँ, लायन्स क्लब अफ भुरीगाउँ, नारी एकता शक्ति, केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ रहेका थिए ।
सहआयोजकमा सहकारी सञ्जाल ठाकुरबाबा नगरपालिका बर्दिया ः सिको साकोस, हाम्रो मध्यवर्ती साकोस, बिश्वासिलो साकोस, प्रगति साकोस, किसान कमैया कल्याण साकोस, सगुन साकोस, कन्चन साकोस, मालिका साकोस, शिक्षक कल्याण साकोस, हिमालय सहकारी साकोस, ठाकुरबाबा बहुउद्देश्यीय सहकारी, नेउलापुर सानाकिसान, शिवपुर साना किसान, हाम्रो सानाकिसान बगनहा, ठाकुरबाबा साना किसान लगायत सहकार्यमा सम्पन्न भएको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालको रक्तदान कार्यक्रम सफल पार्न ठूलो योगदान रहेको थियो । विभिन्न पालिकामा रक्तदान कार्यक्रमको आयोजना गराउनका लागि धेरै मेहनत गरिरहेका छन् । ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इन्द्रबहादुर राजबंशी, बर्दिया जिल्लाको बिभिन्न पलिकाका समाजका पदाधिकारी तथा ठाकुरबाबा नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
