
सकिल अहमद राई
जानकी, ९ जेठ – बाँकेको जानकी गाउँपालिकामा आग लागी प्रभावित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । मिलाप नेपालगन्ज बाँकेको आयोजना र जानकी गाउँपालिकाको समन्वयमा बकसपुर गाउँका आग लागीबाट प्रभावित परिवारलाई मङ्गलवार घर छाउनको लागी जस्तापाता, विधार्थीहरुलाई शैक्षिक सामाग्री र परिवारका सदस्यहरुलाई स्वास्थ्य तथा स्वच्छता सामाग्री वितरण गरिएको छ ।
जानकी गाउँपालिकाको समन्वयमा आग लागीबाट प्रभावित प्रत्येक पीडित घरपरिवारलाई एकएक बन्डल जस्तापाता र ओढ्ने सामाग्रीमा १ सानो र एक ठुलो ब्लाङ्केट, स्वास्थ्य तथा स्वच्छता सामाग्रीमा १ पिस बाल्टिन, १ पिस बाँटा, १ पिस जग, १ पिस स्याम्पु, ६ पिस साबुन, २ पिस तेल, २ पिस काँईयो, २ पिस पानी पियने बोटल, १ साबुन राख्ने भाँडा, २ पिस टाबेल, १ पिस एैना, १ पिस नङ कटर, १ पिस पाँच लिटरको जर्किन, ५ पिस कोलगेट मन्जन र परिवारका संख्या अनुसार दाँत माझने ब्रुस वितरण गरिएको छ ।
त्यसै गरेर विधार्थीहरुलाई शैक्षिक सामाग्रीमा १ प्याकेट पेन्सिल, १२ पिस कपी, ५ पिस ईलेजर, ५ पिस कटर, ५ पिस निलो पेन, जेमेट्री बक्स, १ पिस लुडो समेत वितरण गरिएको छ ।
सामाग्री वितरण कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष एवम प्रवक्ता टिकानाथ यादवले दुख र पिडामा परेको समयमा सदैव जनताहरुको साथमा जानकी गाउँपालिका रहने आफ्नो धारण व्यक्त गरे । उनले जानकी गाउँपालिकासँग आवद्ध मिलापको धेरै ठुलो योगदान रहेको बताउँदै तपाई जनताहरुलाई समय समयमा आई सहयाेग गरेकोमा मिलापलाई हृदयदेखि नै धन्यवाद समेत दिए । प्रवक्ता समेत रहेका वडा अध्यक्ष यादवले विधार्थीहरुलाई बिधालयमा नियमित पठाउनका लागी वडा नम्वर ५ ले पनि विधार्थीहरुको लागी शैक्षिक सामाग्री वितरण गरेको बताए । साथै उनले शैक्षिक सुधारको लागी आफ्नो वडा र गाउँपालिका सदैव तपाई जनताहरुको साथमा रहने समेत बताए ।
त्यस्तै पालिकाका अध्यक्ष छब्बन खाँले पटक पटक दुख र पिडामा परेको समयमा जुन व्यवस्था मिलापले मिलाएको छ, सकेसम्म यस्ता दुखदायी घटना नघटोस, घटि हाले पनि जनतालाई सहयोग गर्न मिलापलाई भगवानको पनि सधै आशिर्वाद मिलिराखोस भन्ने आफ्नो भनाई राखे ।
त्यसैगरी मिलापका अध्यक्ष रमेशराज रेग्मीले सकेसम्म विपद नै नआओस, यस्ता किसिमका कामहरु नै गर्न नपरोस, दैविक प्रकोप नहोस, मानिसहरुलाई विपत्ती नहोस र यदी त्यस्तो भयो भने राहतका सामाग्री नै वितरण गर्नु नपर्ने बताए । उनले कसैले पनि चाहँदा चाहँदै पनि अश्वच्छनिय घटनाहरु हुने, समस्या हुने र समस्या पर्ने वित्तिकै उनीहरुको जिवनयापन सहज बनाउनका लागी के गर्न सकिन्छ भन्नेतिर सबै लाग्नु नै पर्ने आफ्नो धारणा राखे । साथै उनले भविष्यमा पनि यस्ता किसिमका कामहरुमा अरु सरोकारवालाहरु र मिलापसँग मिलेर सहकार्य गर्न सकिएमा यस्ता कार्यक्रमहरु सम्पन्न गर्न सकिने समेत आफ्नो धारणा राखे ।
सामाग्री वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, निमित्त प्रमुख प्रशासकिय अधिकृत शोभा पौडेल, वडा नम्वर ५ का वडा अध्यक्ष एवम प्रवक्ता टिकानाथ यादव, कार्यपालिकाकी सदस्य कान्ती काँदु, वडा नम्वर ५ का सदस्य मो. शरिफ खाँ, पालिकका परामर्शदाता शोहराव दर्जी, जिन्सी शाखाका राजु यादव, विपद व्यवस्थापन शाखाका प्रमुख राजेन्द्र वाजपेयी, मिलापका अध्यक्ष रमेशराज रेग्मी, कार्यकारी निर्देशक राजेन्द्रवहादुर सुनार, कार्यक्रम अधिकृत प्रेमा रोका लगायतको उपस्थिति रहेको थियो ।
२०७९ चैत्र २७ गते जानकी गाउँपालिकाको वडा नम्वर ५ स्थित बकसपुरको चमारटोलमा आग लागीबाट ६ वटा घरमा पुर्ण क्षती र २ वटा घरमा आंशिक क्षती भएको थियो ।
