
नेपालगन्ज, २३ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनी यो प्रतिबद्धता आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् ।

उनी नगरपालिकाको मेयर पदाको उम्मेदवारी जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनले आफुलाई पैसाको कुनै किसिमको लोभलालच मोह समेत नरहेको बताएका छन् ।
वैश्य आज बिहानदेखि टोल टोलमा गएर मतदाताहरुलाई भेट्ने क्रममा उनीहरु माझ उक्त भनाई राख्दै आएका छन् । आज शुक्रबार बिहान ११ नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा आयोजित सम्वाद कार्यक्रमको तयारीमा जुटेका मेयर पदका उम्मेदवार वैश्य आफूले आम मतदाताहरुलाई दोहो¥याउनु पर्ने प्रतिबद्धता जुन नेपालगन्ज उपनगरको मुहार नै परिवर्तन गर्ने छ बारे जानकारी गराउने बताउनुभयो ।

विहिबार बिहानदेखि घरदैलो, कोण सभा गर्दै जनता सँग भेटमा मेयर पदका उम्मेदवार वैश्य व्यस्त रहेका थिए । कोण सभा कै क्रममा नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १५ मा जनताहरुलाई भेट घाट गरेर नेपालगन्ज बजार क्षेत्रमा करिब सबैतिर बाटोघाटोको विकास भैसकेको तर गाँउमा विकास नभएको कारणले अबको विकास गाँउ तिर गर्नेमा जोड दिने बताए । उनीले नगरपालिकाको मयर पदमा जित्न सफल भए भने वडा नंं १५ मा ईदगाह र शमशान घाट समेत निर्माण गर्ने प्रतिबद्धता वैश्यले गरेका छन् ।

उनी सँगै प्रचार प्रसारमा हिडेका राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका पुर्व निवर्तमान मेयर धवल शम्शेर राणाले मेयरका उम्मेदवार मध्य नन्दलाल वैश्य उत्तम रहेको बताए । उने नेपाली काँग्रेसका प्रशान्त विष्ट र नेकपा एमालेका पशुपति मिश्रा मध्य नन्दलाल नै नेपालगन्जको विकासका लागि कुशल व्यक्ति रहेको बताए । उनी आफुले ५ बर्षमा विकास गर्न नसकेको र बाँकी रहेको विकास नन्दलाल जिते विकास गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

