Wednesday, December 10सत्यम खबर
Shadow

नेपालगन्जमा सहानुभूती मत पशुपतिदयाल मिश्राको शक्ति

नेपालगन्ज, २३ बैशाख – नेकपा एमालेले २०५४ सालमा नेपालगन्जमा मेयर र उपमेयर सहित धेरै वडाहरु जितेको थियो । २०७९ मा त्यस्तै जित फर्काउने आत्मबिश्वासका साथ एमाले नेता र उम्मेदवारहरु रणनीति बनाइरहेका छन् ।
‘यसपाली नजिते, कहिल्यै जितिदैन’ भन्ने मनोविज्ञान तल्लोतहका कार्यकर्ता तहमा देखिन्छ भने सुदृढ संगठन र उम्मेदवारहरुलाई आउने सहानुभूती मतले नेताहरुमा आत्मबिश्वास पलाएको छ । एमाले बलियो भए कै कारण अन्य दलहरुले नेपालगन्जमा गठबन्धन गरेको एमाले नगर अध्यक्ष दत्तप्रसाद आचार्य बताउ“छन् ।


त्यसैबाट एमालेको शक्ति आकलन गर्न सकिने उनले जनाए । त्यसै पनि गठबन्धन असफल हुने नेपालगन्जमा अहिलेको गठबन्धन विभाजित मनोविज्ञान सहित चुनावी रणनीतिमा रहेको नेताहरु दाबी गर्छन ।
एउटा अनुभवी नेता र नेपालगन्जको विकासका लागि प्रष्ट भिजन हुनु नै नेकपा एमालेका मेयर उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर उम्मेदवार शान्ति ढकालको जितको आधार हो ।
‘यो त भयो नै । योसंगै पछिल्लो समय नेपालगन्जमा एमालेको संगठन सुदृड बनेको छ । सुदृड बनेको संगठन र एमाले उम्मेदवारप्रति मतदाताले राख्ने सहानुभूती नै हाम्रो जित्ने आधार हो’– एमाले केन्द्रीय सदस्य मोहमद हारुन हल्वाईले भने ।
उनले नेपालगन्जको विकासका लागि पटक–पटक अवसर खोजिरहेका उम्म्ेदवार मिश्र र ढकाललाई यसपटक नेपालगन्जका मतदाताले न्याय गर्ने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *