
नेपालगन्ज, २२ बैशाख – बैशाख ३० गते सम्पन्न हुन गईरहेकाे स्थानिय निवार्चनमा विभिन्न पार्टीहरूले आ-आफ्नाे घरदैलाे अभियानलाई तिब्ता दिएका छन् । यसै क्रममा २०७४ सालकाे स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा जित्न सफल भएकाे राप्रपाका उम्मेदवारले पुन: इतिहास दोहोर्याउने गरि साँझ-बिहान मतदाताहरूको घरदैलोमा पुगिरहेका छन् ।
नेपालगन्जकाे २३ वटै वार्डकाे टोलटोलमा राप्रपाका उम्मेदवार आफ्नाे सर्मथक र कार्यकर्ताहरूकाे साथमा बाजागाजासहित आफ्नो घोषणा पत्र र उपनगर बिकासको एजेण्डा बोकेर जनता समक्ष पुगेका छन् ।
गत निर्वाचनमा ईतिहास बनाएका वर्तमान उपनगर प्रमुख धवल शम्शेर राणाकाे यात्रालाई अगाडि बढाउन राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा व्यापार संघका पुर्व अध्यक्ष तथा कशाैधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य र उपमेयरमा पुष्प व्यवसायी तथा समाजसेवी बिन्दु चर्ती मगरलाई चुनावी मैदानमा उठाएको छ ।
घरदैलो कार्यक्रममा राप्रपाका महामन्त्री समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणाले नेपालगन्जको लागी उपयुक्त उम्मेदवार वैश्य र चर्ती मगर भएको बताएका छन् ।
मेरो पार्टीको उम्मेदवार भएर भन्दा पनि समाजमा गरेको योगदान, क्षमता, भिजनको कारण नेपालगन्जको मेयरमा नन्दलाल बैश्य र बिन्दु चर्ती मगरको बिकल्प अरू काेही नरहेको राणाले बताएका छन् ।
राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार बैश्यले आफ्नो कम बोल्ने र धेरै गर्ने बानी रहेको र नेपालगन्जका मेयर डा. राणाको सुरु गरेका र केही बाँकी रहेका कामलाई आफुले पूरा गर्ने र जनतालाई निरास नबनाउने घरदैलाे अभियान कै क्रममा आम मतदाता माझ बताउँदै आएका छन् ।