Thursday, June 12सत्यम खबर
Shadow

जनताको सेवामा समर्पित गोपाल पुन: वडावासी

नेपालगन्ज, २२ बैशाख – विगत लामो समयदेखि समाजसेवा गर्दै आइरहेका गाेपाल पुन नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट वडा नं ४ वडाअध्यक्ष पदका उम्मेद्वार बनी घरदैलाेमा व्यस्थ रहेका छन् ।
वडा अध्यक्ष पदका उम्मेद्वार पुन वडा नं.४ मा लाेकप्रिय नेताकाे रूपमा रहेकाे हुँदा उनकाे जित निश्चित रहेकाे वडावासीहरू बताउँछन् । आहिले आफ्नो वडामा सबभन्दा लोकप्रिय युवा नेताको रूपमा आफ्नो पहिचान बनाउन सफल नेता पुन विजयी भए वडा कै मुहार फेरिने बताए ।

विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएका पुन २०६२/६३ को जनआन्दोलनमा अहम भूमिका निर्वाह गर्दै पार्टीको विभिन्न जिम्मेवार पदमा बसी काम गर्दै आईरहनु भएको छ ।

वडामा हुने हरेक सामाजिक कार्यमा उनको सहभागिता रहेको छ । वडावासीको हरेक सुख दुःख आपतबिपत समस्यामा दिनरात एक गरी सेवा गर्दै आउनु भएका पुनलाई यसपटक तपाईं जनप्रतिनिधि भएर जनताको सेवा गर्नु पर्छ भन्ने जनता कै चौतर्फी दबाब पछि यसपाली पुन: आफ्नो उम्मेद्वारी दिएको वहाँले बताउनु भयो ।

कोरोना कालमा पनि वहाँले मुख्य भूमिका खेल्नु भएको थियो । उनको सरल स्वभाव र जनताको सेवा गर्ने भावनाले नै वहाँ जनता माझ दिन प्रतिदिन लोकप्रिय बन्दै जानु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ विभिन्न धर्म समुदायको बसोबास गर्ने वडा हो र हरेक धर्म समुदायमा राम्रो पकड भएको एक मात्र नेता पुन नै हुन् । युवा बालबालिका वृद्ध महिला सबैमा उनको राम्रो पकड़ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *