
जानकी, २२ बैशाख – नेपाली काँग्रेसका तर्फबाट जानकी गाउँपालिकाका उम्मेदवारहरुलाई मतदाताहरुले गाउँगाउँमा स्वागत गरिरहेका छन् । मतदाताहरुलाई भेट्न घरदैलोमा पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले स्वागत गर्दै अब पाँच बर्ष जानकीको सेवा गर्ने मौका नेपाली काँग्रेसलाई नै दिन पाउने अवस्था बनेको भन्दे खुसी व्यक्त गरिरहेका छन् ।
“पाँच बर्ष तपाईंहरुले गर्नुभएको काम र सेवाबाट हामी प्रभावित छौं, अब पाँच बर्षका लागि तपाईंहरुलाई जिताउने अवसर पाउँदा हामी खुसी छौं,” स्थानीयले भनिरहेका छन् । अध्यक्षका उम्मेदवार छब्बन खाँले आफू फेरि पाँच बर्ष जनता कै सेवा गर्न चुनावी मैदानमा होमिएको भन्दै अब जानकीबासीले काँग्रेसलाई नै रोज्ने विश्वास व्यक्त गर्नुभयो ।
घरदैलोका क्रममा उम्मेदवारहरुले जानकीको समग्र विकासका लागि नेपाली काँग्रेसलाई जिताउन जानकीवासीलाई अनुरोध गरे । वडा नम्बर २ मा रहेका प्रत्येक घर–घरमा पुगेका उमेदवारलाई जानकीवासीले जितको शुभकामना दिँदै आशिर्वाद समेत दिएका छन् । घरदैलोका क्रममा उम्मेदवारहरुले रुखमा भोट हालेर यो पटक बहुमतले काँग्रेसलाई जिताउने आग्रह गरे ।
छब्बन खाँ टोलीले आज वडा नम्बर २ मा घरदैलो गरेको छ । घरदैलोमा अध्यक्ष पदका उम्मेदवार छब्बन् खाँ र उपाध्यक्ष पदका उमेदवार रामप्यारी यादव सहित जानकी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदका उम्मेदवार अनिलकुमार मिश्रा वडा सदस्यहरू लगायत ४५० जना जनता घरदैलो कार्यक्रममा सहभागी थिए । बेलभार, चोटिपुर, सहुपुर, बनकटवा, जलपोखरी र बाकोटिया लगायतका गाउँहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।