Thursday, June 12सत्यम खबर
Shadow

नरैनापुरको विकट गाउँमा एमाले उम्मेदवार पद्मावतीको घरदैलो

नरैनापुर, २२ बैशाख – नेकपा एमालेले नरैनापुरमा घरदैलो अभियानलाई तिब्रता दिएको छ । नरैनापुर वडा. २ रोशनपुर्वामा मेयर पदकी उम्मेदवार पदमावती यादवलाई स्थानीयले भब्य स्वागत गरे । अति विकट मानिएको उक्त ठाउँको विकासका लागि यादवले प्रतिवद्धता जनाएकी छन् ।


रोशनपुर्वालाई सडक र बिजुली दिने पहिलो प्राथमिकता भएको यादवले बताइन । स्थानीयले ‘गाउँभरि एकै साथ लगाए नारा– अबकी बार सूर्य की सरकार’ नारा लगाएका छन् ।
उक्त गाउँमा हालसम्म नेपालको कुनै पनि सडकसँग जोडिएको छैन । गाउँमा पुग्नलाई बिगतको बर्ष जस्तै भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यस्ता विकट झेलिरहेका नागरिकलाई विकासको खाँचो रहेको यादवले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *