Monday, April 13सत्यम खबर
Shadow

भक्तिभावपूर्वक विश्वकर्मा जयन्ती मनाइयो

– सन्दीप कुमार अग्रवाल
नेपालगन्ज, ३ असोज – देउताहरुको शिल्पकार भगवान विश्वकर्मा जयन्ती शुक्रवार दिन भक्तिभाव ढंगले सम्पन्न भएको छ ।
पौराणिक ग्रन्थहरुमा उल्लेख रहे अनुसार भगवान र देउताहरुको नगर र भवनहरु भगवान विश्वकर्माबाट निर्माण हुने गथ्र्याे । उनीको यो कार्य द्वापर युगसम्म चलेको उल्लेख पाइन्छ ।
द्वापर युगमा जरासन्धबाट योगीराज कृष्णको युद्ध भएको उल्लेख रहेको समेत पाइन्छ । सो समय जरासंधको उत्पात देखी भगवान श्रीकृष्ण गोकुल, मथुरा, वृन्दावन लगायत आफ्नो स्थान छाड्ने निर्णय गर्दै कुनै अर्काे स्थानमा नगरी बसाउने फैसला गरे । यसको लागि भगवान श्रीकृष्णलाई ठूलो भूमि चाहिएको थियो । भव्य नगर निर्माण गर्ने जिम्मा उहाँले भगवान विश्वकर्मालाई दिनु भएको थियो ।


यस समय भगवान विश्वकर्माले समुन्द्र राजसँग यो शर्तमा जमिन मागे कि जबसम्म श्रीकृष्ण रहन्छन् त्यस समयका लागि सो नगरी रहन्छ । त्यसपछि आफ्नो भूमि फिर्ता लिनु होला भगवान विश्वकर्माको कुरा मानेर समुन्द्रराजले आफ्नो ठूलो भूभाग छाडे ।
त्यसै जमिनमाथि भगवान विश्वकर्माले वृहत द्वारिका नगरी बसाउनु भयो । यो नगर श्रीकृष्णको देहावसान भएपछि समुन्द्रले आफ्नो जमिन फिर्ता लिएका थिए ।
पछि द्वारिका नगरी पुनः समुन्द्रमा विलिन भएको थियो । यस द्वारिका नगरीको अवशेष समुन्द्रमा अहिले फेला परेको छ ।
यो घटना आजदेखि करीब ५ हजार वर्ष अघि भएको उल्लेख ग्रन्थहरुमा पाइन्छ । जरासंधको कारणले नै भगवान श्रीकृष्ण मथुरा, गोकुल, वृन्दावनको त्याग गरी भगवान विश्वकर्माबाट निर्माण गरिएको द्वारिका नगरीमा शासन गर्नु भएको थियो ।
जरासंधको कारण आफ्नो स्थान छाडी द्वारिका जानु भएकोले उहाँलाई रणछोड भनिएको थियो ।
भगवान श्रीकृष्णको युद्ध नीतिमा युद्धको समय एक पाइला अघि बढाउनु पर्छ भने कहिल्यै ४ पाइला पछि हट्नु पर्छ । यो युद्ध नीतिको पालना आजसम्म जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *