Saturday, May 30सत्यम खबर
Shadow

हतियारको भरमा तालिबानले कति दिनसम्म शासन गर्ने ?

मितिः २०७८ भाद्र १४ गते
विद्रोही
अफगानिस्तान ५ हजार वर्ष पहिलेको आर्यन नामक देश अहिले ठूलो संकटमा छ यो संकट कट्टरपन्धी इस्लामिक समूह तालिबानको कारण उत्पन्न भएको हो । सन् १९९६ मा पाकिस्तानले आफ्नो यहाँ रहेको लश्करे तोयबा नामको आतंकवादी समूहलाई एकत्रित पारी अफगानिस्तानको एउटा मदरसामा तालिबान समूहको स्थापना गरेको थियो । तालिबानको अर्थ हुन्छ तालिम लिइने विद्यार्थी । सो समय सो मदरसामा पाकिस्तानका पिठ्यु व्यक्ति मुल्ला उमरलाई तालिबानको प्रमुख बनाई अफगानिस्तानलाई जलाउन आतंककारीसमूह खडा गरियो यो तालिबानी समूहलाई खडा गर्न सो समय जति पाकिस्तानले मद्दत गरेको थियो त्यत्ति नै अमेरिकाले पनि मद्दत गरेको थियो । अमेरिकाले तालिबानलाई अत्याधुनिक हतियार र पाकिस्तानी सैनिकले सैन्य प्रशिक्षण उनीहरुलाई दिएको थियो अमेरिकाले तालिबानलाई रुससँग लड्न यस्तो कार्य गरेको थियो तालिबान र अलकायदा प्रमुख ओसामा बिन लादेन रुसीहरुसँग युद्ध गरे यस युद्धमा हजारौं हजार रुसी सैनिक मारिए र अन्तमा रुसी सेनालाई त्यहाँबाट भाग्नु प¥यो ।


यस समय अमेरिका अफगानिस्तानको भाग्य विधाता जस्तो बन्न पुग्यो सबै कुरा ठीकठाक ढंगले चली रहेको थियो तालिबान र अलकायदा इस्लामी प्रचार प्रसार कार्य तिव्र ढंगले अघि बढाई रहेका थिए अमेरिका अफगानिस्तानको प्राकृतिक संसाधन लुटी रहेको थियो यस समय ओसामा बिन लादेन लगायत आतंकवादीले अमेरिकाको विरोध गर्न शुरु ग¥यो । अनि आफ्नो कार्यमा बाधा खलल पुग्यो सम्झेर अमेरिकाले ओसामा बिन लादेनलाई अन्तर्राष्टिय आतंकवादी घोषणा ग¥यो यसै समय लादेनले अमेरिकाको ट्वीन टावर र पेन्टागनमाथि आतंकवादी आक्रमण गरी खसायो यस आक्रमणमा हजारौंको संख्यामा निर्दाेषहरुको मृत्यु भएको थियो । आफ्नो यहाँ भएको आक्रमणको बदला लिन अमेरिकाले अफगानिस्तानमा आफ्नो सेना पठायो र ओसामा बिन लादेनलाई खोज्दै रह्यो तर पछि लादेनलाई पाकिस्तानी भूमि एबटाबादमा अमेरिका मार्न सफल भयो । अहिले २० वर्षदेखि अमेरिका अफगानिस्तानमा बस्दै आएपनि त्यसले इस्लामी आतंकवादीलाई भने त्यसले समाप्त पार्न सकेन ।
अमेरिका त्यहाँ बस्दा खरबौं डलर रकम खर्च गरी सकेको छ । अफगानिस्तानको सरकारी सेनालाई अत्याधुनिक हतियार दिई उत्कृष्ट प्रकारको प्रशिक्षण दियो तर सो प्रयास त्यसको असफल रह्यो । अब लामो समयसम्म अफगानिस्तानमा बस्न सकिँदैन सम्झी अमेरिकाका नि. राष्ट्रपति डोनाल्ड टूम्पले २०२१ अगस्त ३१ भित्र अमेरिकी सैनिक आफ्नो देशमा फिर्ता बोलाउने सोच राखेका थिए । चर्चामा रहे अनुसार यो सहमति दोहामा तालिबान र अमेरिकाबीच भएको थियो । केही महिनाअघि भएको निर्वाचनमा ट्रम्प पराजित भए र अमेरिकाको नयाँ राष्ट्रपति भए जो बाइडेन । उनी त्यो पुरानो सहमतिलाई कार्यान्वयनमा ल्याउन यति हतारिए कि राती २ बजेको समय आफ्नो सेना चोर झैं फिर्ता बोलाए । उनीको यस कार्यको अहिलेविश्वभरि नै विरोध भइ रहेको छ । जुन अमेरिका अफगानिस्तानको भाग्य फेर्न त्यहाँ पुगेको थियो त्यो यसरी नफर्किनु पथ्र्याे विश्व समुदायको यस्तो भनाई छ ।
तर यो सहमति अमेरिकाले तालिबानसँग कूटनीति तवरले गरेको पाइन्छ अमेरिकाको अहिले प्रमुख प्रतिद्वन्दी भनेको चीन हो अफगानिस्तानको सिमाना चीनको जिनज्यांगसँग जोडिन्छ चीन आफ्नो क्षेत्रमा रहेका उइगर मुस्लिममाथि ठूलो दमन गर्दै आएको छ । चीनको दमन कार्यले गर्दा त्यहाँ उइगर मुस्लिमको विद्रोही संगठन तयार भई सकेको छ । चीनले तालिबानको समर्थनमा चीनको त्यस प्रान्तमा ठूलो विद्रोह गराउन खोजेको छ यस कार्यमा त्यो तालिबानलाई प्रयोग गर्न चाहेको छ । यसै कारणले त्यसले तालिबानसँग गोप्य सहमति ग¥यो र अफगानिस्तानका राष्टूपति अशरफ गनीलाई देश छाडी भाग्न सल्लाह दियो । यसरी सजिलै सम्पूर्ण अफगानिस्तान माथि सहज रुपले तालिबानको कब्जा भई सकेको छ । अमेरिकाको यस्तो कूटनीति भर्खरै चीनलाई थाह भएको छ जसको कारण त्यो अफगानी शरणार्थीलाई लिन चाही रहेको छैन तर पाकिस्तानको लहलहैमा लागी त्यो तालिबानलाई समर्थन दिन मन बनाइसकेको छ । यस्तो मन्साय चीनले किन बनाएको हो भने अफगानिस्तानमा थुप्रै प्रकारको प्राकृतिक संसाधन भूगर्भमा विद्यमान छ । रुस, अमेरिका, पाकिस्तान यस प्राकृतिक संसाधनमाथि अब कब्जा जमाउन सक्दैनन् बुझेर अहिले चीन अफगानिस्तानका तालिबानलाई भरमग्दूर सहयोग गर्ने र पछि त्यहाँको प्राकृतिक संसाधन उपयोग गर्न सकिन्छ यस्तो सपना बोकेको छ तर त्यसको यस्तो सपना कहिलै पूरा हुन सक्दैन किनकि अफगानिस्तानमाथि पहिले ब्रिटेनले कब्जा ग¥यो पछि त्यो पराजित भएर भाग्यो । त्यसपछि रुस र अमेरिकाले त्यस्तै कार्य गरे ।
तिनीहरु पनि पराजित भएर भागे । अहिले चीन त्यहाँ पस्न खोजी रहेको छ तर त्यसको यो प्रयास भने सफल हुँदैन किनकि अफगानिस्तानमाथि अहिलेसम्म थुप्रै देशले आक्रमण गरे तर विदेशीको अधीनता त्यसले कहिल्यै स्वीकारेन जसको कारण त्यो आजसम्म स्वतन्त्र राष्ट्रको रुपमा स्थापित छ । युद्ध गरेर अफगानिस्तानलाई जित्न सकिँदैन यो कुरा बुझी ठूला विदेशी राष्ट्र त्यहाँबाट भागी रहेका छन् । अब छद्म रुप राखी चीन आफगानिस्तान भित्र पस्न खोजी रहेको छ । पाकिस्तान पनि चीन भन्दा कम छैन मिठाई हेरेर जसरी कुकुर ¥याल काढ्छ सोही प्रकारले त्यो अफगानिस्तानलाई लोभले हेरी रहेको छ । अफगानिस्तानलाई पाकिस्तानमा विलय गराउने उद्देश्य लिएर त्यसले आफ्नो यहाँ रहेका आतंकवादी समूह लश्करे तोयबालाई तालिबानको मुकुण्डो लगाई अफगानिस्तानको राजधानी काबुलसम्म कब्जा गराएको छ । पाकिस्तानको यो चाल राष्ट्रभक्त अफगानी नागरिक बुझी सकेका छन् यस कारण अब पंजशीर जस्तो प्रान्तबाट तालिबानलाई पराजित पार्ने युद्ध शुरु भई सकेको छ । पंजशीर के अब तालिबान विरुद्ध अफगानिस्तानको थुपै कबिला समुदाय आफ्नो राष्ट्रलाई बचाउन आफ्नो ज्यानको आहूति दिन युद्ध क्षेत्रमा हाम फाली सकेका छन् ।
पंजशीरका बाघको आवाज सम्पूर्ण अफगानिस्तानमा गुञ्जिन शुरु भएको छ जसको कारण तालिबान अब डरले थर थर काम्न थालेको छ । कहिले त्यो महिलालाई इस्लामी शरियाको अनुसार बराबरीको हक अधिकार दिइने, बालिका र बालकलाई छुट्टा–छुट्टै विद्यालयमा पढ्ने व्यवस्था गर्ने, कसैको माथि हिंसा र अत्याचार नगर्ने भन्दै सबैसँग वार्ता गर्ने अपील गर्न शुरु गरेको छ । अफगानिस्तानको माटोमा अनौठो शक्ति छ यो देशमा विगत ५ हजार वर्षदेखि नै कहिले शान्ति रहेन । जब विश्व विजयी सिकन्दर महान यसलाई जित्न आक्रमण ग¥यो त्यसलाई यहाँ कब्जा गर्न हम्मे हम्मे प¥यो । सिकन्दरको आमाले आफ्नो छोरासँग सोधेकी थिइन्, केभयो सिकन्दर तिमी त सजिलै त्यहाँ कब्जा गर्न भनेका थियौ तर सजिलो ढंगले कब्जा भएन । पछि सिकन्दर त्यहाँ विजयी त भयो तर धेरै दिनसम्म त्यो त्यहाँ बस्न सकेन । अफगानिस्तानको मुठ्ठीभरी माटो कुनै अर्काे देशमा लैजाऊ र सो माटो त्यहाँको कुनै टोलमा छर्की देऊ भने टोलवासी एक आपसमा लड्न थाल्छन् । यो कुरा सत्य नहुन सक्छ तर केहीहरुको विश्वासमा अवश्य छ । अफगानिस्तानमा तालिबानको कब्जा भई सकेपछि बाहिरबाट पाकिस्तान र चीन धेरै नै खुशी छन् तर भित्रि रुपमा उनी त्रसित छन् यसको कारण हो अमेरिका र तालिबानबीच कुनै गोप्य सहमतिहरु भएको छ भने पाकिस्तानको अस्तित्व मेटिन्छ जुन चीन आफ्नो यहाँ शान्ति छ भन्ने प्रकारको दावी गर्छ त्यहाँ अशान्ति पैदा हुन्छ । यसबीच रुस पनि त्यत्ति नै त्रसित छ । अफगानिस्तानमा तालिबानको आतंकी कार्यको कारण त्यहाँबाट थुप्रै अफगानी शरणार्थी अन्य देशतर्फ पलायन गरी रहेका छन् ।
अफगानिस्तानको छिमेकमा ताजिकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान लगायत थुप्रै देशहरु छन् यिनीसँग रुसको आत्मीय सम्बन्ध छ यी ठाउँमा अफगान शरणार्थीको आडमा तालिबानी आतंकवादी प्रवेश गरी रुस लगायत देशमा प्रवेश गर्न सक्ने प्रबल सम्भावना छ । तालिबान आतंकवादी रुसमा प्रवेश गरे आफ्नो देश बर्बाद हुने रुसी राष्टूपति ब्लादिमिर पुतीनको आशंका छ यस कारण तालिबानमाथि नियन्त्रण पाउन रुसले ताजिकिस्तान लगायत देशमा आफ्नो घातक हतियारहरु तैनाथ गरी दिएको छ र अफगानी शरणार्थीमाथि दया गरी भित्रिन नदेउ यस्तो आदेशसम्म जारी गरेका छन् । यसरी प्रायः सबै देश तालिबानसँग सतर्क र सजग छन् । यता हिन्दुस्तान भने सतर्क र सजग रहेको देखिँदैन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मानवताको उदाहरण विश्वमा प्रस्तुत गर्न दिनरात गरी आफ्नो र अन्य विभिन्न देशका नागरिकलाई मिसन देवी शक्ति अभियानबाट त्यहाँबाट उद्धार गरी व्यक्तिहरुलाई हिन्दुस्तान ल्याउने कार्यमा प्रयासरत छन् । हिन्दुस्तान शरणार्थीको कारण पहिलदेखि नै त्रस्त छ । पहिले देखि नै वर्माको मुस्लिम रोहिंग्या शरणार्थीले समस्या दिइ रहेको छ तर अब मानवताको कारण अफगानिस्तानबाट अफगानी शरणार्थीलाई बाध्यतावश ल्याउनु परी रहेको छ । यिनी शरणार्थीहरु आगामी समय यी अफगानी शरणार्थीहरुलाई भारतको उत्तर प्रदेश राज्यको रामपुरमा बसोबास गराउने योजना रहेकोले उनी शरणार्थी आगामी दिनमा हिन्दुस्तानको लागि समस्या बन्न सक्छन् अहिलेसम्म रोहिंग्या र अफगानीहरु छुट्टा–छुट्टै रहेपनि पछि धार्मिकताले एकताबद्ध हुन सक्छन् ।
यिनीहरु हिन्दुस्तानमा धार्मिक वितण्डाहरु खडा गर्दै हिन्दुस्तानको विभाजन गर्ने माग उठाउन सक्छन् । भारतको विभाजन धर्मको आधारमा हुँदा मुस्लिमको राष्ट्र पाकिस्तानको निर्माण भएको थियो अब फेरी हिन्दुस्तानमा विभाजनको लागि वितण्डाहरु उठ्न सक्छ । यस्तो कार्य रोहिंग्या, अफगानी र देशभित्र रहेका कट्टरपन्थीहरुबाट उठ्नसक्छ । रुसका राष्ट्रपति ब्लादिमिर पुतीनले पनि अफगान शरणार्थीको आडमा कट्टरपन्थीहरु विभिन्न देशमा प्रवेश गर्न सक्छन् उनीबाट केही देश अशान्त बन्ने आशंका गर्दै अफगान शरणार्थीलाई आफ्नो देशमा नभित्र्याउने मित्रराष्टूसँग आग्रह गरेका छन् । यस कारण शरणार्थी हिन्दुस्तान भित्र्याउँदा केही सजग र सचेत बन्नु जरुरी छ । थोरै सावधानी हट्दै नै देश ठूलो दुर्घटनामा पर्न सक्ने सम्भावनाहरु छ । यसबीच हिन्दुस्तानलाई बचाउन सीएए प्रमुख अस्त्र हो यसको प्रयोग गरी शरणार्थी समस्याबाट हिन्दुस्तान बच्न सक्छ । तालिबान भनेको एक सर्प जस्तो हो यो कसैलाई पनि टोक्न सक्छ यस कारण तालिबानबाट र पाकिस्तानबाट बच्न सबै नै सजेत र सजग बन्नु जरुरी छ । पाकिस्तानको स्थापना जबदेखि भएको छ त्यस समयदेखि यो देश आतंकवादको पृष्ठपोषक बनेको कैयन उदाहरणहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *