
नेपालगन्ज, ६ भाद्र – बाँकेकाे पर्यटकीय स्थल नेपालगन्जकाे बागेश्वरी मन्दिर प्राङ्गणमा आज आईतबार चर्तुथ विश्व संस्कृत दिवस मनाईएकाे छ ।
बाँकेमा रहेका विभिन्न धार्मिक आस्थावान संस्थाहरूकाे सहभागितामा सम्पन्न विश्व संस्कृत दिवसकाे आयाेजना विश्व संस्कृत दिवस समाराेह समितिका अध्यक्ष ललित राैनियारकाे अध्यक्षतामा सम्पन्न गरिएकाे थियाे ।
कार्यक्रममा संस्कृतका मुख्यवक्ता सुर्दशन देवकाेटाले पश्चिमा मुलुककाे भाषा र संस्कृतले हाम्राे सनातनी र वैदिक संस्कृत नै लाेप हुने अवस्थामा पुगिसकेकाे हुँदा गुरूकुलकाे शिक्षालाई प्राथमिकता साथ आत्मसाथ गर्नु पर्ने बताउनुभयाे ।
यसैगरी शिक्षिका कृष्णादेवी पाण्डेले नेपाली भाषाको जननी, सँस्कृत भाषा रहेकाे हुँदा धेरै प्रयासपछि आफैबाट शुरू गराै भन्ने उद्देश्यका साथ विधालयकाे स्थापना गरी सबैभाषाकाे जननी भाषा सँस्कृतमा अध्यापन शुरू गरेकाे बताउनुभयाे ।
पाण्डेले वेदभाषा संस्कृत एवं सत्य सनातन धर्मको जय हो!!
नेपाली संस्कृति र सभ्यता जोगाउन हाम्रो कर्तव्य।। भन्ने हाम्राे उद्देश्य रहेकाे प्रष्ट पार्नुभयाे ।
यसैगरी अध्यात्म याेग गुरु श्यामराज शर्माले विभिन्न देशमा वेदलाई अध्ययन गर्ने गरेकाे जानकारी दिंदै विज्ञानले समेत वैदिक सनातनी धर्मग्रन्थमा उल्लेख गरिएकाे कुरालाई अध्ययन गरि विज्ञानमा प्रयाेग गरेकाे बताउनुभयाे ।
कार्यक्रममा हिन्दु जागरण नेपालका अध्यक्ष तथा मुख्यवक्ता डा.ढकनाथ सापकाेटा, नेपालगन्ज वडा नं. २ का महिला सदस्य आशा बिष्ण, विश्व हिन्दु महासंघ बाँकेका अध्यक्ष बृजेशबहादुर सिंह, सनातन धर्म महासंघ सदस्य खुमा,
शिवसेना नेपालका राजकुमार रनैनियार, सिद्धि विनायक गणेश धामका गंगाधर कँडेल, तिलक दहाल, गाैरव जयसवाल, प्रमाेद साेनी, पतान्जली याेग समिति, हिन्दु स्वयंसेवक संघ, जिएचडीका आशिष गुप्ता, अवधी पत्रकार संघ नेपाल बाँके अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, स्वयंसेवक संघ सदस्य राजन कँडेल हिन्दुलगायतकाे सहभागिता रहेकाे थियाे ।
संयाेजक मदनराज शर्माद्वारा व्यवस्थापन गरिएकाे कार्यक्रममा शेरबहादुर शाहीले सहकार्य गरेका थिए ।
